१२ मंसिर २०८०, रिपोर्टिंग नेपाल ,बर्दिया — बारबर्दिया नगरपालिका–६ का वडास्तरीय कर्मचारी जंग बहादुर थारुले सोझा व्यक्तिलाई आर्थिक रूपमा ठग्न योजनाबद्ध तमसुक बनाएका छन्। रकम रु. १,५०,००० (करिब एक लाख पचास हजार ) मात्रै दिनुपर्ने अवस्थामा, उनले ब्याजदर ३ प्रतिशत मासिक (वार्षिक ३६%) कायम गर्दै तमसुकमा तीन लाख भन्दा बढीको दायित्व जबर्जस्ती राखेका छन्।
पीडितले जनाएअनुसार, “सहयोगको आशामा ऋण मागेको थिएँ, कारण बस उनीहरुको भाका मादिना सक्ने अवस्था भएन जग्गा बेच्ने प्रक्रियामा लागेको थिए , ऋण तिर्न तर रातिको करिब ११/१२ मेरो घरमा आएर , धम्क्याएर सिधै तमसुकमा हस्ताक्षर गर्न लगाइयो। मलाइ पढ्न दिएनन , के लेखिएको तेतिबेला थाहा पाइन । मोबाइलमा खिचेर राखेको थिए भोलिपल्ट बिहान हेर्दा थाहा भयो, मैले मागेकोभन्दा तीनगुनासम्म बढी तिर्नुपर्ने तमसुक रहेछ।”
तमसुकमा न त कानुनी साक्षीको उपस्थित थियो, न त कुनै ऋण हस्तान्तरणको प्रमाण। अदालतमा मान्य नहुने यो दस्तावेज जबरजस्ती बनाइएको र पीडितलाई आर्थिक र मानसिक दबाब दिने माध्यम बनाइएको हो – स्थानिएको दाबी छ ।
स्थानीय स्रोतका अनुसार यो पहिलो घटना होइन। बारबर्दियामा अशिक्षित र गरीब वर्गलाई उच्च ब्याजदर देखाएर तमसुक बनाउने, त्यसपछि जग्गा हडप्ने रणनीति अपनाउँदै आएका छन्।
सम्बन्धित निकाय पालिकाको न्यायिक समितिमा उजुरी दर्ता गरिएको छ र स्थानीय स्तरमै यो घटना गम्भीर बहसको विषय बनेको छ। यदि दोष प्रमाणित भयो भने, कर्मचारीमाथि पदको दुरुपयोग, ठगी, र कागजी अपराध अन्तर्गत कारबाही हुनसक्नेछ।
३ मंसिर २०८०, बर्दिया | बारबर्दिया नगरपालिका वडा नम्मर ८ भगतपुर गाउमा बस्ने अन्दाजी २२ बर्षिय बिबाहित पुरुष गाउ घरमा ल्याप्टन भनेर चिनिने लक्ष्मन थारुलाइ बारबर्दिया नगरपालिका वडा नम्मर ८ कि एक १७ बर्षिय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
गत राती १० बजेको समयमा गाउले बहिनीलाई पिसाब लागेर साथ गएको मौकापारी उक्त समयमा सोही ठाउबाट मुख बुजेर नजिकैको लसुन बारिमा लगि जबर जस्ती करणी गरेको पीडितको आफन्तले रिपोर्टिंग नेपालको सम्बाददाता लाइ जानकारी गरायका छन् ।
बानियाभार इलाका प्रहरी कार्यालयमा पीडितले निबेदन दिय पस्चात आरोपीलाइ आज बिहान करिब ७ बजेको समयमा पक्राउ गरि बानियाभार इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठायको छ |
जयनगर प्रहरिलाइ जानकारी गराय पश्चात राती १ बजे प्रहरी पीडितको घरमा सोधपुछ गरि बिहान जयनगर इलाका प्रहरीमा निबेदन दिन आउनु भनि फर्किएको तर बिहान पिडित पक्ष जयनगर इलाका प्रहरीमा निबेदन दर्ता गर्न जादा यहा दर्ता हुदैन , मिल्दैन बानियाभार प्रहरी कार्यालयमा जाउ भन्दै निबेदन दर्ता नगरी दुख दियको आरोप पिडित परिवारको छ |
२७ कार्तिक २०८०, बर्दिया | आज कार्तिक २७ गते गाई तिहारका दिन बारबर्दिया नगरपालिकाको वडा नम्मर ९ कतर्नियामा रहेको बसाहा बर्डा गौसेवा आश्रममा बारबर्दिया नगरपालिका वडा नम्मर ९ का वडा अध्यक्ष देबेन्द्र कुमार बिस्टको अग्रसरतामा गौपुजा सम्पन्न भयको छ |
आश्रमले सामाजिक संजाल मार्फत गाई तिहारको अवसर पारेर आश्रममा रहेको गाईहरुका निम्ति ब्राण्ड, पराल तथा आर्थिक सहयोग गर्न र गौपुजा कार्यक्रममा सहभागी भै प्रसाद ग्रहण गर्न अपिल गरेको थियो |कार्यक्रममा नगरपालिकाको विभिन्न स्थान र वडाबाट गौ पुजामा सहभागी हुन आएका थिय | गौपुजामा सहभागी हुन आउने हरुले गौसेवा आश्रमक लागि धानको ढुटो , पराल, नगद धनराशी आदि दान गरेका थिय |
गौसेवा आश्रममा बारबर्दिया नगरपालिका प्रमुख छबिलाल थारु , उपप्रमुख रत्ना कुमारी पाण्डे , कृषि शाखा प्रमुख समेत उपस्थिति भै गौ पुजा गर्नु भयको थियो।
गौसेवा आश्रमका लागि विभिन्न सहयोग गर्ने सहयोग दाता हरु लगायत गौसेवा आश्रम निर्माण र विभिन्न योगदान पुर्याउने ब्यक्तीहरुलाई नगरप्रमुख , उपप्रमुख र वडा नम्मर ८ का वडा अध्यक्ष लगायतले खाद को साथै टिका लगाई सम्मान गर्नुभयको थियो | नगर प्रमुखको स्वागत मन्तब्य पश्चात कार्यक्रम समापन भयको थियो |
आज यमपञ्चक को दोस्रो दिन कार्तिक २६ गते नरक चतुर्दसी कुकुर तिहार र एवम लक्ष्मी पुजा ( गाई तिहार) परेको छ।
कुर तिहार वा नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीको दिन पर्दछ । कुकुरलाई यमराजको दूत मानिन्छ त्यसैले यस दिन मृत्युका देवता यमराजलाई खुशी पार्न कुकुरको पूजा गर्ने गरिन्छ।
प्राचीन संस्कृत महाकाव्य महाभारतका अनुसार पाँच पाण्डवहरु स्वर्ग जाने क्रममा कुकुरलाई पनि साथमा लगेर गयका थिए | पाँच पाण्डवहरू आफ्नी पत्नी द्रौपदी र भाइहरूसँग स्वर्ग जानको लागी हिमालय चढने क्रममा युधिष्ठिर र कुकुरबाहेक अन्य सबै बाटोमा लडेर मरे। तर युधिष्ठिर र कुकुर स्वोर्गको द्वार पुगे | राजा इन्द्रले उनलाई स्वागत गरे । इन्द्रले स्वागत गर्ने क्रममा युधिष्ठिरलाइ स्वर्ग मा जादा कुकुरलाई छोड्नु पर्ने शर्त राखे। युधिष्ठिरले आफू कुकुर बिना स्वर्गमा प्रवेश गर्न अस्वीकार गरे र पृथ्वीमा फर्किने बताए।
यमराज कुकुरको रुपमा आएका थिए | युधिष्ठिरको जवाफा सुनेर र कुकुरको रुप धारण गरेर आयका यमराजले आफ्नो रुप प्रस्तुत गरे। इन्द्र युधिष्ठिरको कर्मबाट प्रभावित भए र युधिष्ठिरका लागि स्वर्गको ढोका खोलिदिए। तेसकारण कुकुरलाई यमराजको रुपमा पुजा गर्ने चलन छ | कुकुरलाई यमको दूत मानिन्छ र यमराजलाई खुसी पार्नका लागि कुकुरको पूजा गरिन्छ।
हिन्दुहरुले मृत्युलाई पिडा र नकारात्मक रुपमा होइन सकारात्मक रूपमा हेर्ने विश्वास गर्नाले नेपाली हिन्दू परम्परामा कुकुरको पूजा गर्दछन । म्र्त्यु भै नरकमा प्रवेश गर्ने हरुलाई नरकको यातनाबाट कुकुरहरूले जोगाउनेछन् भन्ने आशा गर्छन्
कुकुर तिहारको दिन कुकुरलाई टीका तथा घाँटीमा फूलको माला लगाइन्छ। यस दिन कुकुरको सम्मान स्वरूप मासु, दूध, अण्डा र कुकुरको खाना लगायत विभिन्न खाद्य पदार्थहरू खान दिइन्छ। यस दिन कसैले कुकुरप्रति अनादरपूर्ण व्यवहार गरेमा त्यसलाई पाप मानिन्छ।
कुकुरलाई आज्ञापालक एवम् रक्षकको रूपमा लिइन्छ। विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्दछ। कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको पाइन्छ। त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ। कुकुरलाई भैरवको बाहन पनि भनिन्छ। कुकुर तिहार विश्वव्यापी रूपमा गैर आवसीय नेपालीहरूले मनाउने गर्छन्।
आज कै दिन लक्ष्मी पुजा पनि परेको हुदा आगन कोठा सबै सरसफाई गरि बिशेस गरि गाई को गोबर ले र रातो माटो ले घर आगन बाट पुजा गर्ने कोठा सम्म लिपेर माटा को दीपक (दियो) बनाएर चामल को पिठो र अबिर ले माता लक्ष्मी को पैतला को प्रतेक छाप मा माटा को दीपक (दियो) जलाएर आगन देखि मुलढोका हुदै पुजा कोठा सम्म धनधान्य कि देवी माता लक्ष्मी को पाईला बनाई लक्ष्मी प्रवेश गर्ने बाटो बनाईन्छ। घर आंगन मा दीपक, मैनबत्ती, विभिन्न प्रकार का लाइटका बत्ती बालेर चारै तिर झिलिमिली परिन्छ , घर आंगन मा चवाल को पिटो र अबिर ले रंगोली बनाउने गरिन्छ ।
आज लक्ष्मी पुजाको दिन साझ धन धान्य की देवी माता लक्ष्मीको पुजा गर्ने घरमा भयका सम्पूर्ण द्रव्य, गरगहना,श्रीसम्पति लाई लक्ष्मी गणेश र सरस्वती को स्थापना गरेर पुजा गरिन्छ । लक्ष्मीपुजाको दिन माता लक्ष्मी पृथ्बी लोक मा आउने र आशिष दियर जाने भन्ने आस्था पनि छ ।
आज र विभिन्न प्रकारका रोटि र मिठान्नहरु बनाई चडाउने गर्दछन् ।
र विभिन्न प्रकारका सेल रोटि अर्सा ,अनारस मिठान्नहरु बनाई चडाउने गर्दछन् र पटका हरु फुलझरी हरु सब को अनुहार मा खुसीका रोनक देखिन्छन । साझ लक्ष्मी पुजा गरेर साझा देखि युवायुवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन्। भगवान् विष्णुले यमपञ्चकको पाँचौ दिन स्वर्ग, मर्त्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजालको भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो तर पछी कालान्तरमा गयर बलिराजाको भलो होस् भन्ने शब्द समयक्रममा रुपान्तर भई भैलो हुन आएको पनि भन्ने भनाइ छ ।
२३ कार्तिक २०८०, काठमाडौँ | नेपाली म्युजिक भिडियोकी मोडेल तथा चलचित्रकी कलाकार दिपासा बिसीको मृत्यु भयको छ |
चर्चित मोडेल दिपाशा बिसीले हिजो २२ गते राति आफु बस्ने कोठामा बिस सेवन गरेकी थिईन | उनलाई उपचारको निम्ति काठमाडौँ नर्भिक अस्पतालमा पुराईएको थियो | उपचारकै क्रममा उनले नर्भिक अस्पतालमा मृत्यु बरण गरेकी हुन् |
नेपालि चलचित्रकी कलाकार तथा म्युजिक भिडियोको मोडेल दिपासा बिसीले ३०० भन्दा बढी नेपालि म्युजिक भिडियोमा अभिनय गरिसकेकी थिईन भने दुलही रानी बाट चलचित्रमा प्रवेश गरेकि दिपाशाले बिरानो माया रमिता झेली आदि चलचित्रमा अभिनय समेत गरिसकेकी थिइन |
केहि महिना अघि मात्र क्यानाडाको सांगेतिक कार्यक्रम सकेर फर्किएकी दिपाशाले मोडेलिंगका साथ् साथै काठमाडौँमा ब्युटीपार्लर समेत संचालन गरेकी थिइन् | दिपाषाको आफ्नो भाइ र बहिनि पनि उनि संगै काठमाडौँमा बस्दै आइरहेका थिए |
कोरोनाको समयमा लकडाउन कारण उनको ब्यापार र कलाकारितामा ह्रास आएका कारण उनि रिनमा डुबेकी थिईन | लिएको रिनको मिटर ब्याजले गर्दा तिर्न नसक्ने अवस्थामा गएको र मानसिक टचर धेरै भएका कारण बिस सेवन गरेको हुन सक्ने उनका साथिहरुले बताएकाछन् | उनको शब पोस्टमार्तामका लागि टिचिङ्ग अस्पतालमा लगिएको छ |
रोजगारीको शिलशिलामा दुबईमा रहदै आएकी दिपाशाकी आमा भोलि सुक्रबार सम्म नेपाल आउने जानकारी दिपाशाको मामा चक्र अविरलले रिपोर्टिंग नेपाललाई जानकारी दिए | चक्र अविरलले बताए अनुसार मृतकको अन्तिम संस्कार उनकी आमा आएपश्चात काठमाण्डौमा नै गरिने छ |
२१ कार्तिक २०८०, जाजरकोट । जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गत शुक्रबार गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति र धन सम्पत्तिको क्षति गरेको छ । भूकम्पका कारण पैतिस हजार परिवार घरबारविहीन बनेका छन् । जाजरकोट र रुकुम पश्चिम सहित१३ जिल्लामा १७ हजार ७ सय ९३ घर पूर्णरूपमा ध्वस्त छन् । १७ हजार ५ सय ५० कच्ची घर चर्किएकाले बस्न नमिल्ने अवस्थामा छन् ।
सबैभन्दा बढी रुकुम पश्चिम जिल्लामा १६ हजार ५ सय ७० घर पूर्ण रूपमा र ९ हजार ९ सय ६१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन । जाजरकोटमा १ हजार १ सय ७० घर पूर्ण रूपमा र ७ हजार १ सय ६६ घर आंशिक रूपमा भत्किएका छन । यो तथ्यांक गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सोमबार रातिसम्म संकलन गरेको तथ्यांक हो ।
सबैभन्दा बढी मानवीय क्षति जाजरकोटमा भएको छ । भूकम्पबाट १ सय ५३ जनाको मृत्यु भएकामा
जाजरकोटमा मृत्यु हुनेमा १ सय १ जना छन भने
१ सय ३३ जना घाइते छन । त्यसै गरि रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने १ सय ९७ जना घाइते छन्।
भूकम्पको धक्काले रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्यूठान र अछाममा पनि कुनै रूपमा प्रभावित गरेको
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका नगर प्रमुख इश्तियाक अहमद खाँले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई २ लाख ३४ हजार रुपैयाँ प्रदान गर्ने निर्यण गरेका छन् । उक्त रकम आफुले पाउने ६ महिनाको सेवा सुविधा बाट प्रदान गर्ने निर्यण गरेका हुन् ।
मेयर खाँले उक्त घटनाबाट पिडित र क्षति प्रती दुःख व्यक्त गर्दै भूकम्प पीडितहरुलाई पुनर्स्थापना, गाँस, बास र आवास लगायतका व्यवस्थापनका लागि सहयोग होस् भने हेतुले सहयोग गरेको बताउनु भयो ।
नगर प्रमुख इश्तियाक अहमद खाँले मासिक ३९ हजार रुपैयाँ सुविधा पाउने गरेका छन् भूकम्पले मानवीय र भौतिक रुपमा धेरै क्षति पुर्याएको छ, मानवीयताले पनि हामी सबै नेपालीले दुःखमा परेका नेपालीलाई सहयोग गर्ने भावना हुनुपर्छ भन्ने उधेश्यले सहयोग गर्नलागेको बतायका छन ।
सिद्धार्थनगर नगरपालिकाको कार्यालयले दियको जानकारी अनुसार नगर प्रमुख इश्तियाक अहमद खाँले सहयोग गरेको रकम नेपाल सरकारले तोकेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिने या दुवै जिल्लाको विपद् व्यवस्थापन कोष मा जम्मा गरिदिने छन ।
१९ कार्तिक २०८०, बिराटनगर । झापा स्थित नेपाल टेलिकम सुरुङ्गा शाखाका लेखा अधिकृत ३१ बर्सिय दिलिप सुवेदी ५१ दिनदेखि सम्पर्कविहीन छन् । उनको परिवारले विराटनगरमा पत्रकार सम्मेलन गरि खोजीका लागि सहयोग अपिल गरेका छन । भदौ ३० गते देखि झापाको कन्काई नगरपालिका वडा ३ मा रहेको कार्यालयको क्वाटरबाट बेपत्ता भएका उनी अझै फेला नपरेको बुबा नेत्रप्रसादले पत्रकार सम्मेलनमा बताय ।
दाजु लक्ष्मीप्रसाद सुबेदिले भाइ हराएको लामो समयसम्म अत्तोपत्तो नभएको जानकारी गराय । दिलिप कार्यालयकै सुरक्षागार्ड ओमप्रकाश खरेलसँग भदौ ३० गते बिहान ६ः३० बजेतिर चिया खान स्कुटरमा निस्किएका थिए । सुरक्षा गार्डका अनुसार चिया पिएर दुवै जना करिब ७ बजे कार्यालयमा आएको, त्यसपछि कार्यालयकै माथिल्लो तलाको ‘गेस्ट हाउस’मा आराम गर्छु भनेर दिलिप गए का थिय ।
बिहान करिब २७ मिनेटजति दिलिपले बुहारी बजुना भट्टराईसँग मोबाइलबाट भिडियो कलमा कुराकानी भएको देखिन्छ ।’ त्यसपछि मोबाइल ‘अफ’ रहेको छ दिलिपका दाइ लक्ष्मी ले बताय । दाइका अनुसार कार्यालयबाटै हराएको उल्लेख गर्दै उनले अहिलेसम्म नभेटिनुले घटना रहस्यमय र शंकास्पद रहेको बताए । चाबी, चस्मा, पर्स, एटीएम कार्ड, चप्पल, कपडालगायत भाइले चलाउने स्कुटर कार्यालयभित्रै थियो । झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बेपत्ता दिलिप सुवेदीको खोजी भइरहेको , प्रहरीको विशेष टोली नै दिलिपको खोजीमा केन्द्रित रहेको तर अहिलेसम्म अवस्था पत्ता नलागेको बताएका छन ।
१८ कार्तिक २०८० , जाजरकोट भूकम्पका घाइतेहरूको भेरी अस्पताल नेपालगन्ज उपचार शुरु भएको छ । पहिलो घाइते भेरी अस्पतालमा खुट्टा भाँचिएको अवस्थामा एम्बुलेन्समार्फत विमलकुमार कार्की लाइ ल्याइयको थियो । उनि जाजरकोटको भेरी न.पा.३ खलंगा निवासी हुन् । उनको उपचार शुरु भएको छ ।
जाजरकोट भूकम्पका गम्भीर बिरामीको उपचारका लागि बाँकेको भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको छ । जाजरकोट र रुकुम पश्चिमबाट गम्भीर घाइते बिरामीहरु भेरी अस्पतालमा रिफर हुने भएकोले भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको र सवै घाइतेलाई एकीकृत सेवा दिने प्रबन्ध मिलाएको जिल्ला प्रशासन कार्यालय बाँकले जानकारी दिएको छ ।
अस्पतालमा सहज उपचारका लागि प्रशासन कार्यालयले फोकल पर्सन समेत तोकेको छ । बिरामीका आफन्तले फोकल पर्सन नरेश श्रेष्ठलाई ९८५११४३६६६ नम्मरमा सम्पर्क गर्नसक्नेछन् ।
भूकम्प बाट घाइते बिरामिको निम्ति कोहलपुर मेडिकल कलेज, सैनिक अस्पताल र प्रहरी अस्पताल समेतको बेडहरु तयारी अवस्थामा राखिएको छ ।
घाइतेहरुको उपचारार्थ आवश्यक व्यवस्थापकीय निर्णयहरू गर्न बिहान १० बजे देखि जिल्ला विपद व्यवस्थापन समिति बाँकेको आकस्मिक बैठक समेत बसिरहेको छ ।
१८ कार्तिक २०८०, जाजरकोट| पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर हिजो राति ११ बजेर ४९ मिनेटमा गयको भूकम्पमा परेर हाल सम्म १२८ जनाको ज्यान गएको जानकारी प्राप्त भयको छ |
दुई जिल्ला जाजरकोटमा ९२ जना र रुकुम पश्चिममा ३६ जनाको ज्यान गएको छ भने १४० जना भन्दा बढी घाइते भएका छन्।
नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतका अनुसार जाजरकोट र रुकुम पश्चिम जिल्लामा सबैभन्दा धेरै क्षति भएको र उद्धार तथा खोजमा नेपाल प्रहरी केन्द्रित रहेकोछ ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका अधिकारीहरू उद्धार कार्यमा खटिएका छन् साथमा हेलिकोप्टर परिचालन गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त ६.४ म्याग्निट्यूड भूकम्प गयको थियो भने पछि पनि केही साना परकम्पहरू केन्द्रबिन्दु आसपास लगायत अन्य जिल्ला हरुमा भूकम्पको धक्का महसुस गरियको थियो |