बारबर्दिया नगरपालिका भित्र रहेका विभिन्न सामुदायिक बिद्यालयले यस अघिको परिक्षामा मनपरी रुपमा परिक्षा शुलक उठाएको बारेमा जानकारी गराएको ९ महिना बितिसक्दा पनि बारबर्दिया नगरपालिकाको शिक्षा साखाले कुनै पनि चासो देखायको छैन । नगरपालिकाको शिक्षा शाखा प्रमुख टिकानाथ गोसाइले परीक्षा शुल्क लिनु गलत हो पनि भन्ने र सुल्क लिनेलाइ कारबाहिको दायरामा ल्यान नखोज्नु ले यस्ता गलत कृयाकलाप सिक्षासाखाकै सेटिङमा हुन्छ कि भनेर आम नगरबासिको शंका छ ।
३० चैत्र २०८०, बर्दिया | बर्दिया जिल्लाको बढैयाताल गाउपालिका भित्र रहेका निजि तथा सामुदायिक बिधालयहरुले सन्चालन गरेको आधारभूत तह कक्षा ८ उतिर्ण परिक्षामा केहि बिधालयहरुले १ जना बिधार्थी पनि उत्तीर्ण गराउन सकेका छैनन । पालिका भित्रका परिक्षा संचालन भयका निजि तथा सामुदायिक जम्मा २७ बिधालय मध्ये एक जना पनि उत्तिर्ण गराउन नसकेको असफल बिधालय ७ वटा रहेका छन भने १ जना विद्यार्थी मात्र उत्तिर्ण हुने बिधालय ५ वटा र २ जना मात्र विद्यार्थी उत्तिर्ण हुने बिधालय यौटा रहेको छ । एक जना विद्यार्थी पनि उत्तिर्ण गराउन नसकेको बिधालयहरुमा जगदम्बिका मा वि जमुनी , सरस्वती नेरा आवि सोरहवा , नेरा आ वि गोब्रपुर , प्रगति आ वि मैनापोखर , युवक आ वि बोकटिया, मयुर आ वि मयुरबस्ती , मुन लाइट एकेडेमी परेकाछन भने १ जना मात्र विद्यार्थी उत्तीर्ण हुने बिधालयहरु भवानी मा वि सेमरा , नेरा इ भु मा वि बढैयाताल , शारदा मा वि मैनापोखर, जय कालिका मावि मुनालबस्ती , मुक्त कमैया आ वि जनता नगर रहेका छन ।
केहि समय अगाडि यसै गाउपालिकाका शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद ढकाललाई भ्रस्टाचार गरेको आरोपमा नेकपा क्रान्तिकारीले कालोमोसो समेत दलेको थियो l
१२ भाद्र २०८२ / बारबर्दिया — बारबर्दिया नगरपालिकामा सामुदायिक स्वास्थ्य तथा नर्सिङ सेवा घरदैलो कार्यक्रम सञ्चालनका लागि तीनदिने नव नियुक्त नर्सहरुको अभिमुखिकरण र सेवा प्रवेश तालिम सुरु भएको छ। भाद्र १२ गतेदेखि १४ गतेसम्म नगरकार्यपालिका हलमा हुने तालिमको आयोजना नगरपालिका स्वास्थ्य शाखा, जयनगरले गरेको हो भने सहजीकरण नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, टेकु, काठमाडौंले गरेको छ।
नेपालकै छैठौं नर्सिङ कार्यक्रमको रुपमा सुरु भएको यस अभियान अन्तर्गत बारबर्दियामा १४ जना नर्स नियुक्त भएका छन्। यसमा ११ जना सामुदायिक नर्स, २ जना विद्यालय नर्स र १ जना सामुदायिक नर्स अधिकृत रहेका छन्। नियुक्त नर्सहरु नगरपालिकाका सबै ११ वटै वडामा पुगेर स्वास्थ्य सेवा प्रदान गर्नेछन्। विद्यालय नर्सहरुले किशोरी विद्यार्थीलाई लक्षित गर्दै जनता माध्यमिक विद्यालय रम्मापुर र धर्मभक्त माध्यमिक विद्यालय कतर्नियामा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसका लागि नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, नगरपालिका र विद्यालयबीच त्रिपक्षीय सम्झौता भएको छ।
तालिमको उद्घाटन समारोहमा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिराकुमारी निरौलाले विद्यालय र सामुदायिक स्वास्थ्य सेवाको महत्वबारे प्रकाश पार्दै भन्नुभयो, “नर्सहरुको भूमिका समुदायमा स्वास्थ्य सेवाको पहुँच बढाउन र स्वास्थ्य सचेतना फैलाउन अत्यन्त महत्वपूर्ण छ। सुरक्षित मातृत्व, बाल–किशोर स्वास्थ्य, मानसिक स्वास्थ्य र रोग नियन्त्रणमा उनीहरुको योगदान अमूल्य हुनेछ।”
वरिष्ठ अस्पताल नर्सिङ प्रशासक वाला राईले स्थानीय तहस्तरमा प्रभावकारी समन्वय र समितिको भूमिकाको महत्वबारे धारणा राख्दै भन्नुभयो, “सामुदायिक नर्सको कार्य प्रभावकारी हुन स्थानीय समुदाय, विद्यालय र नगरपालिकाबीचको सहकार्य आवश्यक छ। त्रिपक्षीय सम्झौता यस कार्यलाई थप बलियो बनाउनेछ।”
सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम परिवार केन्द्रित अवधारणामा आधारित छ। यस अन्तर्गत नर्सहरुले स्वास्थ्य परीक्षण, उपचार, स्वास्थ्य शिक्षा, रोग रोकथाम र व्यवहार परिवर्तनका कार्यक्रम घरमै पुगेर सञ्चालन गर्नेछन्। कार्यक्रमले मातृ–शिशु स्वास्थ्य, किशोर–किशोरी स्वास्थ्य, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, सर्ने तथा नसर्ने रोग नियन्त्रण तथा जेष्ठ नागरिक स्वास्थ्य सेवा विस्तारमा विशेष योगदान पुर्याउने लक्ष्य राखेको छ।
यसअघि भक्तपुर, वर्दिबास, चन्द्रागिरी, वालिङ र इटहरीमा लागू भइसकेको यो कार्यक्रम चालु आर्थिक वर्षदेखि बारबर्दिया नगरपालिकामा औपचारिक रूपमा सुरु गरिएको हो। नगरपालिकाले यस अभियान मार्फत स्थानीय जनतामा स्वास्थ्य सम्बन्धी चेतना बढाउने र गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
उद्घाटन कार्यक्रममा नगरप्रमुख छबिलाल थारुले शिक्षा र स्वास्थ्यलाई सामाजिक विकासको मुख्य आधारका रूपमा प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “स्वस्थ र सुसक्षम समाज निर्माण गर्न शिक्षा र स्वास्थ्य दुवै स्तम्भलाई मजबुत बनाउनु आवश्यक छ। विद्यालय र समुदायमा नर्सिङ सेवा उपलब्ध गराउनु भनेको हाम्रो समाजको भविष्य सुरक्षित बनाउने कदम हो। बारबर्दियाका सबै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने अधिकार राख्छन्। नगरपालिकाले नर्सहरुको उच्च मनोबल कायम राख्न र प्रभावकारी सेवा विस्तारमा निरन्तर साथ दिनेछ।”
मेयर थारुले नर्सहरुलाई आफ्नो जिम्मेवारी उच्च मनोबलसहित निर्वाह गर्न प्रेरित गर्दै, नगरपालिकासँग सहकार्य र सहयोगका लागि नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखालाई धन्यवाद ज्ञापन गर्नुभयो।
नगरपालिकाले यस कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय स्वास्थ्य समिति, विद्यालय, परिवार र समुदायसँग सहकार्यमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएको छ। तालिममा सहभागी नर्सहरुले आगामी दिनमा आफ्नो कार्य प्रभावकारी बनाउन आवश्यक ज्ञान, सीप र व्यवहारिक अभ्यास प्राप्त गर्नेछन्।
यस कार्यक्रमको सफल कार्यान्वयनले बारबर्दियामा मातृ–शिशु स्वास्थ्य, किशोर–किशोरी स्वास्थ्य, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य र समुदायमा रोग नियन्त्रण सेवा विस्तारमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यो डेङ्गु रोग एडिस जातको सन्क्रमित पोथो लाम्खुट्टे टोकेपछि एक ब्यक्ति बाट अर्को ब्यक्तिमा सर्दछ । एडिस जातको पोथि लाम्खुट्टे ले प्राय दिउँसो टोक्ने गर्दछ । यो रोग लाग्ने सम्भावना कार्तिक मङ्सिर सम्म हुने गर्दछ हाल न्र्पालमा यो रोग व्यापक रुपमै फैलिएको अवस्था छ । यो एक प्रकारको भाइरस द्वारा हुने रोग हो ।यस रोगको लक्षण सन्क्रमित लामखुट्टे ले टोकेको ४ देखि ७ दिन पछि देखिन सुरु हुन्छ ?
केके हुन्छ डेङु रोग लागेमा ? – अक्स्ताम उच्च जोरो आउँछ । – अत्याधिक टाउको दुख्छ । – आखाको गेडि वोरि परि दुख्छ । -जोर्नी तथा माम्स्पेशी दुख्छ । -थकान महसुस हुन्छ । -वाक वाकी लाग्ने बान्ता हुने हुन्छ । -ज्वोरो आयको २ देखि ५ दिन पछि छालामा बिबिरा देखिन्छ । -रगत बग्छ ( नाक बाट , गिजा बाट – हल्का ब्रस गर्दा पनि ) ।
माथिका कुनै पनि लक्षण हरु देखियमा नजिकको स्वस्थ चौकी वा अस्पतालमा गयर जाँच गराउनु पर्दछ ।
यो रोग बाट बच्न के-के गर्ने ? घर वरिपरि को खाल्डा खुल्टी मा पानी जम्न नदिने । घर वरिपरी सफा राख्ने लाम्बाउले कपडा लगाउने , जस्ले गर्दा लामखुट्टेले टोक्न नपाओस । लाम्खुट्टे मार्ने किटनासक बिषादी बेला बेला मा छर्कने । रोग लागेको शन्का लाग्ना साथ तुरुन्त जाँच गराइ औषधी उपचार गर्ने ।
१७ असार २०८२, स्यारोन रेग्मी,बर्दिया — बढैयाताल गाउँपालिका–९ मा अवस्थित श्री जय कालिका माध्यमिक विद्यालयले असार १५ लाई धान दिवसका रूपमा विशेष कार्यक्रमसहित मनाएको छ। ‘आफै कमाउ, आफै पढौं’ भन्ने मूल नाराका साथ विद्यालयले आफ्नै खेतमा धान रोपेर धान दिवसको विशेषता झल्काएको छ।
कार्यक्रममा गाउँपालिका प्रमुख श्री हिमालय त्रिपाठी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । उपप्रमुख लक्ष्मी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नारायणराज त्रिपाठी तथा कृषि शाखा प्रमुख दीपेन्द्र श्रीवास्तव विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। साथै विद्यालयका शिक्षक, अभिभावक, तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाइने परम्परालाई समेट्दै विद्यालयले यस वर्षको दिवसलाई कृषि तथा व्यवसायिक धार अन्तर्गत अध्ययनरत विद्यार्थीहरूलाई व्यवहारिक सिकाइसँग जोड्ने उद्देश्य राखेको छ। धान रोपाइँका क्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरू आफैँ खेतमा उत्रिएर विद्यार्थी र अभिभावकसँगै रोपाइँ कार्यमा सहभागी भए।
विद्यालयले आफ्नै जग्गामा उत्पादन गरिने धानको आम्दानी विद्यार्थीहरूको शैक्षिक खर्चमा प्रयोग गरिने जानकारी दिएको छ। यस कार्यले विद्यार्थीहरूमा श्रमको मूल्य, आत्मनिर्भरता र कृषि व्यवसायप्रतिको रुचि बढाउने विश्वास गरिएको छ।
विद्यालय व्यवस्थापन समिति तथा कृषि धारको संयोजनमा गरिएको यो प्रयासले ‘शिक्षा र श्रम सँगै’ भन्ने सोचलाई व्यवहारमा उतार्दै उदाहरणीय कार्य गरेको भन्दै सहभागी सबैले प्रशंसा गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) बर्दियाले बाँसगढी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा अनिश्चितकालका लागि ताला लगाएको छ। बाँसगढी नगरपालिकाले विद्यार्थी बाट चर्को शुल्क उठाउने निर्णयको बिरुद्धमा तालाबन्दी गरिएको हुँदा तत्काल मागलाई सम्बोधन नगरी यसैगरी वेवास्ता गरिए संघर्षले उग्र रुप लिन गई कुनै क्षति भएमा नगरपालिका र यसका प्रमुख जिम्मेवार हुनेछन् विज्ञप्तिमा भनियको छ l
संयोजक रमिता थारुद्वारा जारी गरिएको विज्ञप्तिको पुर्ण पाठ :
” विद्यार्थी आन्दोलनको मूल प्रवाह हाम्रो संगठन अखिल (क्रान्तिकारी) विद्यार्थीका हक, हित र अधिकारका निम्ति सचेततापूर्वक अनवरत सडक संघर्षको नेतृत्व गरिरहेको कुरा सबैमा विदितै छ । हाम्रो संगठनले पछिल्लो समय भवावह स्थितिमा पुऱ्याइएको शिक्षा क्षेत्रलाई सुधार गर्ने अभियानस्वरुप Mission Everyday Season 2 अभियान सञ्चालन गरिरहेको छ । यसै सन्दर्भमा बाँसगढी नगरपालिकाले सरकारी विद्यालयबाट अतिरिक्त कक्षाका नाममा शुल्क उठाउन पाउने संविधान र जनविरोधि निर्णय गरेर अभिभावक र विद्यार्थीमाथि चर्को आर्थिक भार थोपरेको छ । उक्त प्रकारको शुल्क खारेजीका निम्ति हाम्रो संगठनले मौखिक रुपमा सचेत गराउनुको साथै यहि भाद्र १८ गते पालिकाका १३ वटा विद्यालयमा कक्षा १० मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको हस्ताक्षर संलग्न गराई उक्त प्रकारको शुल्क खारेजीका निम्ति ७२ घण्टे अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको थियो । तर हालसम्म कुनै प्रगति नभएको देख्दा हामीलाई आश्चर्य लागेको छ र मेयरले कतै माफियाको भुमिका त निर्वाह गरिरहेका छैनन् भन्ने प्रश्न चिन्ह खडा भएको छ। यसरी सरकारी विद्यालयमा निजीकरणलाई प्रवर्धन गर्ने कुनैपनि कुरा हाम्रो संगठनलाई मान्य छैन। तत्काल उक्त प्रकारले अभिभावक माथि थोपरिएको शुल्क खारेजीको माग सहित त्यस्तो शुल्क खारेज गरी सबै विद्यार्थीले निःशुल्क अध्ययन गर्न पाउने अवस्था कायम नगरिंदासम्म बाँसगढी नगरपालिको शिक्षा शाखामा तालाबन्दी गरिएको व्यहोरा जानकारी गराइन्छ ” l
यस अघि पनि बाँसगढी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेलले भ्रस्टाचार गरेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का कार्यकर्ताले कार्यकक्षबाटै पौडेललाइ कारबाही गर्ने भन्दै तानेर बाहिर निकालेका थिए l हेर्नुहोस भिडियो l
१९ मंसिर २०८२ रिपोर्टिङ नेपाल सम्बाददाता , बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ आज भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय समुदाय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्वयंसेविकाको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई विशेष बनाएको थियो।
कार्यक्रम ‘स्वस्थ समुदाय निर्माणमा महिला स्वास्थ्य स्वयंसेविकाको अग्रणी भूमिका’ भन्ने मूल नारा सहित सुरु भयो। जनचेतनामूलक नारासहित गरिएको बजार परिक्रमा तथा र्यालीमार्फत स्थानीय बासिन्दालाई स्वास्थ्य–सन्देश फैलाइएको थियो।
समुदायमा लामो समयदेखि निस्वार्थ सेवामा समर्पित २२ जना उत्कृष्ट महिला समुदाय स्वास्थ्य स्वयंसेविकालाई कार्यक्रममै नगद, दोसल्ला र प्रमाणपत्रसहित विशेष सम्मान प्रदान गरिएको छ।
स्वास्थ्य शाखाका अनुसार, यी स्वयंसेविकाहरूले मातृ–शिशु स्वास्थ्य, पोषण, खोप, रोग नियन्त्रण र स्वास्थ्य–शिक्षा अभियानमा उल्लेख्य योगदान पुर्याउँदै आएका छन्।
त्यस्तै, नगर क्षेत्रमा क्रियाशील १३० जना स्वयंसेविकालाई झोला, छाता र टर्च वितरण गरी उनको निरन्तर सेवा–भावना र समर्पणप्रति कदर गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख छबिलाल थारुले चुनौतीपूर्ण परिस्थितिमा समेत समुदायलाई नजिकबाट सेवा पुर्याउने स्वयंसेविकाको भुमिकालाई ‘नगरपालिकाको स्वास्थ्य क्षेत्रको मेरुदण्ड’को रूपमा वर्णन गर्नुभयो।
उहाँले भन्नुभयो— “बारबर्दिया नगरका स्वास्थ्य सूचकहरू पछिल्ला वर्षहरूमा निरन्तर सुधारिएको छ। यसको श्रेय सबैभन्दा धेरै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नै जान्छ। उनीहरूको समर्पणलाई थप ऊर्जा दिन नगरपालिका निरन्तर साथ रहनेछ।”
उहाँले आगामी वर्षहरूमा क्षमता अभिवृद्धि तालिम, प्रोत्साहन कार्यक्रम, आवश्यक सामग्री तथा प्राविधिक सहयोग अझ सुदृढ बनाइने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले महिला स्वास्थ्य स्वयंसेविकालाई “समुदाय र स्वास्थ्य संस्थाबीचको जीवित पुल”को संज्ञा दिँदै उनको कार्यक्षमता र भूमिकाको प्रशंसा गर्नुभयो।“घर–आँगनमै पुगेर जोखिम रोकथामदेखि स्वास्थ्य सचेतना अभिवृद्धि गर्नु, मातृ–शिशु स्वास्थ्यमा सुधार ल्याउनु, खोप तथा स्वास्थ्य सेवा पहुँच विस्तार गर्नु—यी सबै क्षेत्रमा स्वयंसेविकाका प्रयास अमूल्य छन्। नगरपालिका सदैव उनीहरूको साथमा हुनेछ।”
प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखले सम्मान पत्र हस्तारण गर्दै
स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेलले स्वयंसेविकाको सक्रियताका कारण केही वर्षयता बारबर्दिया नगरपालिकाको स्वास्थ्य क्षेत्रमा ठोस परिवर्तन देखिएको उल्लेख गर्नुभयो।
उहाँका अनुसार— “स्वयंसेविकाले कहिल्यै पछि नहट्ने स्वभाव, निरन्तर फाँट–स्तरमा काम गर्ने प्रतिबद्धता र समुदायप्रतिको जिम्मेवारी नै बारबर्दिया नगरको स्वास्थ्य प्रगतिसँग प्रत्यक्ष जोडिएको छ।”
उहाँले सम्मान–कार्यक्रम स्वयंसेविकाको मनोबल अभिवृद्धिमा महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै आगामी वर्षहरूमा पनि यो परम्परा निरन्तर अघि बढाइने जानकारी दिनुभयो।
स्वास्थ्य शाखाले कार्यक्रम सफल बनाउन साथ–सहयोग गर्ने १३० जना स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सरोकारवाला तथा नागरिक सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।
आजको दिवसले बारबर्दियामा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई औपचारिक रूपमा मान्यता दिएको मात्र होइन, उनीहरूको निष्ठा, समर्पण र समुदाय–सेवाप्रतिको दृढतामा पनि नयाँ ऊर्जा भरिदिएको जनाइएको छ।
१४ असार २०८१, काठमाडौं । २०८० मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को बिहीवार विहान बसेको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।
बोर्डका अनुसार परीक्षामा सहभागी चार लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्ये नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना अर्थात् ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यी उत्तीर्ण विद्यार्थीले मात्र कक्षा ११ मा पढ्न पाउनेछन् । यस पटककाे परीक्षामा ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेडड (एनजी) भएका छन् । उनीहरूले ग्रेड वृद्धि परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ । एसईईमा १८६ जनाले ४ जीपीए ल्याएका छन् । त्यस्तै २२१ जनाको परीक्षा रद्द भएको छ । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको हो । जसअन्तर्गत सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
एसईई परीक्षाको नतिजा विभिन्न तरिकाले हेर्न सकिने छ । जसमा वेबसाइट, एसएमएस र आईभीआरका विकल्प रहेका छन् । तपाईंले निम्न तरिकाले आफ्नो एसईई नतिजा हेर्न सक्नुहुनेछ:
-त्यसपछि SEE लेखेर आफ्नो सिम्बोल नम्बर (उदाहरणका लागि: SEE 12345678) टाइप गरी १६०० वा ३४४५५ वा ३५००१ वा ३४९४९ वा ३१००३ एसएमएस पठाउनुहोस् । एसएमएसमार्फत जीपीए मात्र थाहा पाउन सकिन्छ ।
परीक्षा बोर्डसहित १० संस्थाका वेबसाइटमार्फत एसईई नतिजा हेर्न सकिने छ । सम्पूर्ण विषयमा आएको ग्रेड थाहा पाउनका लागि सिम्बोल नम्बर र जन्ममिति आवश्यक पर्छ ।
-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० बाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
-राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
-स्विफ्ट टेक्नोलोजीबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
-इडियु सञ्जालबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
-कान्तिपुर पब्लिकेसनबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
-ईसेवा लिमिटेडबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
-फोनिक्स एजुकेसन फाउण्डेसनबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
–एनसेल एप तथा डिजिटल वालेट खल्तीबाट पनि नतिजा हेर्न सकिन्छ ।