Home REPORTING पेन घटना-प्रकोप

घटना-प्रकोप

सामाजिक, प्रशासनिक वा व्यक्तिगत रूपमा घटेका अप्रिय घटना, दुर्घटना, अपराध, हिंसा, आपतकालीन अवस्था, वा अन्य संकटजनक परिस्थितिहरू यस श्रेणीमा पर्दछन्।
यस अन्तर्गत प्रहरी कारबाही, बन्दूक काण्ड, आगलागी, बाढी, दुर्घटना, प्रकोपहरू र अपराधसम्बन्धी समाचारहरू समेटिन्छन्।

देशका विभिन्न स्थानहरुमा रातभर वर्षा,बाढी को जोखिम

१७ आश्विन २०८० काठमाडौं । देशका विभिन्न स्थानहरुमा सोमबार देखि परिरहेको झरीले देशभरको जनजीवन प्रभावित हुन थालेको छ । विहीबारसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । भोलि विहीबार बेलुकादेखि मौसममा सुधार आउने बताइएको छ ।

पछिल्लो १२ घण्टामा धनकुटामा ३०, चितवनमा १ सय ७, पाल्पामा १ सय ८, गोरखामा ८३, नवलपुरमा ७०, इलाममा ३५, काठमाडौंको कीर्तिपुरमा ६०, लमजुङमा ६०, अर्घाखाँचीमा ३५, दाङमा ४० र कर्णाली चिसापानीमा ३० मिलिमिटर वर्षा भएको छ ।

बाढी सूचना केन्द्रले धनकुटा, गोरखा, लमजुङ, कास्की, तनहुँ र पाल्पा जिल्लाको आसपासका क्षेत्रमा मध्यम देखी भारी बर्षा भएको हुँदा उक्त स्थान भई बहने स-साना खोलामा जलसतह बढ्न सक्ने र आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्क रहन सुचना जारी गरेको छ ।

बिज्ञापन-AI-ADCustom Text

धादिङ केन्द्र भएर भूकम्प ६.१ म्याग्नेच्युडको भूकम्प

भूकम्प

५ कार्तिक २०८०, काठमाडौँ– आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार धादिङको खरी आसपास केन्द्र भएर ६.१ म्याग्नेच्युडको भूकम्प गएको हो । आज गयको भूकम्प २०७२ सालको ‘गोरखा भूकम्प’को परकम्पा भएको अनुमान गरिएको छ ।

भूकम्पको धक्का काठमाडौँ लगायत आसपासका जिल्लामा पनि महसुस भएपछि मानिसहरू घरबाहिर निस्किएका थिए ।

भूकम्पबाट क्षति भए/नभएको बारे विस्तृत विवरण आउन बाँकी छ ।

बिज्ञापन-AI-ADCustom Text

अन्नपूर्ण बेसक्याम्पमा खटिएका असईको मृत्यु

१५ कार्तिक २०८०, पोखरा | अन्नपूर्ण बेसक्याम्पमा  सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई)  टीकाराम ढुंगानाको निधन भएको छ । मृत्यु हुने प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगाना घान्द्रुक  चौकी इन्चार्ज हुन् |

हिजो कार्तिक १४ मंगलबार अन्नपुर्ण बेसक्याम्पबाट फर्किएर माछापुच्छ्रे गाउँपालिका-११ का वडाध्यक्षको घरमा बसेका असई ढुंगानालाइ आज बिहान श्वासप्रस्वासमा समस्या आएपछि उपचारका निम्ति  हेलिकप्टरमार्फत पोखरा अस्पतालमा ल्याइएको थियो तर असई ढुंगानाको निधन भैसकेको अस्पतालले  घोषणा गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी गराउनु भयो  ।

राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि कार्तिक १२ गते अन्नपूर्ण बेस क्याम्पमा खटिएका घान्द्रुक  चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई)  टीकाराम ढुंगानाको लेक लागेर   निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दियको छ ।

बिज्ञापन-AI-ADCustom Text

बारबर्दिया नगरपालिका वडा नम्मर ८ कि एक १७ बर्षिय बालिका बलात्कृत

३ मंसिर २०८०, बर्दिया | बारबर्दिया नगरपालिका वडा नम्मर ८ भगतपुर गाउमा बस्ने अन्दाजी २२ बर्षिय बिबाहित पुरुष गाउ घरमा ल्याप्टन भनेर चिनिने लक्ष्मन थारुलाइ बारबर्दिया नगरपालिका वडा नम्मर ८ कि एक १७ बर्षिय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

गत राती १० बजेको समयमा गाउले बहिनीलाई पिसाब लागेर साथ गएको मौकापारी उक्त समयमा सोही ठाउबाट मुख बुजेर नजिकैको लसुन बारिमा लगि जबर जस्ती करणी गरेको पीडितको आफन्तले रिपोर्टिंग नेपालको सम्बाददाता लाइ जानकारी गरायका छन्   ।  

बानियाभार इलाका प्रहरी कार्यालयमा पीडितले निबेदन दिय पस्चात आरोपीलाइ आज बिहान करिब ७ बजेको समयमा पक्राउ गरि बानियाभार इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठायको छ |

जयनगर प्रहरिलाइ जानकारी गराय पश्चात राती १ बजे  प्रहरी पीडितको घरमा सोधपुछ गरि बिहान जयनगर इलाका प्रहरीमा निबेदन दिन आउनु भनि फर्किएको तर बिहान पिडित पक्ष जयनगर इलाका प्रहरीमा निबेदन दर्ता गर्न जादा यहा दर्ता हुदैन , मिल्दैन बानियाभार प्रहरी कार्यालयमा जाउ भन्दै निबेदन दर्ता नगरी दुख दियको आरोप पिडित परिवारको छ |

बिज्ञापन-AI-ADCustom Text

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अवरुद्ध

 रिपोर्टिंग नेपाल-२३ श्रावण २०८०, बुटवल

पाल्पाको तिनाउ गाउँपालिका वडा नम्मर ३ रामापिथेकस पार्क क्षेत्रमा माथिबाट ठूलो पहिरो खसेपछि मंगलबार बिहानैदेखि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अवरुद्ध भएको छ |

पहिरो झरेपछि पाल्पा हुँदै बुटवलतर्फ आउने र बुटवलबाट पाल्पा हुँदै विभिन्न जिल्ला जाने सवारी साधनहरु बीचमै रोकिएको छ ।

  सिद्धबाबा सुरुङमार्गको निर्माणाधीन उत्तरतर्फको प्रवेश विन्दु पहिरो झरेको उक्त स्थानमा  सिद्धबाबा सुरुङमार्ग निर्माण कम्पनि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले रिप पोर्टल निर्माण गरिरहेको छ । साउनको पहिलो हप्ता देखि पटक-पटक त्यस स्थानमा पहिरो खस्दा सुरुङमार्गको स्लोप प्रोटेक्सन (रिप पोर्टल) मा क्षति पुर्‍याएको छ ।

पहिरोसँगै ठूलाठूला ढुंगाहरू सडकमा झरेकाले अवरुद्ध सडक खुलाउन केही समय लाग्न सक्ने छ  ।

बिज्ञापन-AI-ADCustom Text

प्रहरीको गोलीले भारतीय नागरिक घाइते

१५ कार्तिक २०८०, काठमाडौं । काठमाडौंको गोठाटारमा  प्रहरीले गोली प्रहार गरी दुइ जना लागू औषध कारोबारीलाई नियन्त्रणमा लियको छ ।जसमा एक भारतीय नागरिक र एक नेपाली रहेको छन्|

प्रहरीले गोलि प्रहार गर्दा भारतको ४८ वर्षीय मोहमद करिम घाइते भएका छन् भने झापाका हर्क लिम्बु लाई नेपाल प्रहरी ले नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरुलाई नियन्त्रणमा लियर तलासी लिदा एउटा पेस्तोल  र २ सय ग्राम ब्राउन सुगर  बरामद भएको  जानकारी मा आयको छ । नेपाली नागरिक हर्क लिम्बु भारतिय नागरिक मोहमद करिमका सहयोगी भएको बुझिएको छ।

लागू औषध कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा गोली चलाउनुपरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जनाएको छ।

बिज्ञापन-AI-ADCustom Text

भुकम्पका कारण ३५ हजार घर बिस्थापित

२१ कार्तिक २०८०, जाजरकोट । जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गत शुक्रबार गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति र धन सम्पत्तिको  क्षति गरेको छ । भूकम्पका कारण पैतिस हजार परिवार घरबारविहीन बनेका छन् । जाजरकोट र रुकुम पश्चिम सहित१३ जिल्लामा १७ हजार ७ सय ९३ घर पूर्णरूपमा ध्वस्त छन् । १७ हजार ५ सय ५० कच्ची घर चर्किएकाले बस्न नमिल्ने अवस्थामा छन् ।

सबैभन्दा बढी  रुकुम पश्चिम जिल्लामा १६ हजार ५ सय ७० घर पूर्ण रूपमा र ९ हजार ९ सय ६१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन ।  जाजरकोटमा १ हजार १ सय ७० घर पूर्ण रूपमा र ७ हजार १ सय ६६ घर आंशिक रूपमा भत्किएका छन । यो तथ्यांक  गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सोमबार रातिसम्म संकलन गरेको तथ्यांक हो ।


सबैभन्दा बढी मानवीय क्षति  जाजरकोटमा भएको छ । भूकम्पबाट १ सय ५३ जनाको मृत्यु भएकामा

जाजरकोटमा मृत्यु हुनेमा १ सय १ जना छन भने

१ सय ३३ जना घाइते छन । त्यसै गरि  रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने १ सय ९७ जना घाइते छन्।

भूकम्पको धक्काले रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्यूठान र अछाममा पनि कुनै रूपमा प्रभावित गरेको

छ ।

बिज्ञापन-AI-ADCustom Text

मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

 रिपोर्टिंग नेपाल-२३ श्रावण २०८०,भरतपुर

कालिखोलालगायतका स्थानमा पहिरो जाँदा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।

बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेकोले पुन: पहिरो नआए तीन/चार घण्टामा सवारी चलाउन सकिने सडक डिभिजन कार्यालय भरतपुरले बताएको छ । 

बिज्ञापन-AI-ADCustom Text

बारबर्दिया नगरपालिका वडा नम्मर ८ को भगतपुर बाढीले डुबायो

 रिपोर्टिंग नेपाल-२८ श्रावण २०८०,बर्दिया , गत राती देखि परेको लगातार बर्सातका कारण बारबर्दिया नगरपालिका को विभिन्न स्थान लगायत बारबर्दिया नगरपालिका वडा नम्मर ८ को भगतपुर गाउमा बाढी पस्दा खाद्धान, लत्ताकपडा का साथै स्थानीयले पालेका केहि स्थानीयको पशु पन्छी हरु र घर बाढीले क्षती गरेको  तेहाका  पिडित स्थानीयले जानकारी दियका छन् |  स्थानीय बासिन्दाहरु समयमै तेस स्थान छाडेको हुनाले आफ्नो ज्यान जोगाउन भने सफल भयका छन् |

बाढीका कारण तेस स्थानमा भयको क्षतिको स्थलगत विवरण जयनगर इलाका प्रहरीले लियको स्वयं बाढी ग्रस्त क्षेत्रमा उपस्थीत प्रहरी सहायक निरीक्षक खगेन्द्र के.सी. ले बताउनु भयो  |

बाढीका कारण तेस स्थान डुबानमा परेको हुदा बाढी पिडित स्थानीय हाल उक्त स्थानको सिरानमा रहेको श्री सरस्वती आधारभूत विदद्यालयमा आइ बसेका छन |

समाचार स्रोत : खोज नेपाल न्युज

बिज्ञापन-AI-ADCustom Text

चर्चित मोडेल दिपाशा बिसीले गरिन मृत्युबरण

२३ कार्तिक २०८०, काठमाडौँ | नेपाली म्युजिक भिडियोकी मोडेल तथा चलचित्रकी कलाकार दिपासा बिसीको  मृत्यु भयको छ |

चर्चित मोडेल दिपाशा बिसीले हिजो २२ गते राति आफु बस्ने कोठामा बिस सेवन गरेकी थिईन | उनलाई उपचारको निम्ति काठमाडौँ नर्भिक अस्पतालमा पुराईएको थियो | उपचारकै क्रममा उनले नर्भिक अस्पतालमा मृत्यु बरण गरेकी हुन् |

नेपालि चलचित्रकी कलाकार तथा म्युजिक भिडियोको मोडेल दिपासा बिसीले ३०० भन्दा बढी नेपालि म्युजिक भिडियोमा अभिनय गरिसकेकी थिईन भने दुलही रानी बाट चलचित्रमा प्रवेश गरेकि दिपाशाले  बिरानो माया रमिता झेली आदि चलचित्रमा अभिनय समेत गरिसकेकी थिइन |

केहि महिना अघि मात्र क्यानाडाको सांगेतिक कार्यक्रम सकेर फर्किएकी दिपाशाले मोडेलिंगका साथ् साथै काठमाडौँमा ब्युटीपार्लर समेत संचालन गरेकी थिइन् | दिपाषाको आफ्नो भाइ र बहिनि पनि उनि संगै काठमाडौँमा बस्दै आइरहेका थिए  |

कोरोनाको समयमा लकडाउन कारण उनको ब्यापार र कलाकारितामा ह्रास आएका कारण उनि रिनमा डुबेकी थिईन |  लिएको रिनको मिटर ब्याजले गर्दा तिर्न नसक्ने अवस्थामा गएको र मानसिक टचर धेरै भएका कारण बिस सेवन गरेको हुन सक्ने उनका साथिहरुले बताएकाछन् | उनको शब पोस्टमार्तामका लागि टिचिङ्ग अस्पतालमा लगिएको छ |

रोजगारीको शिलशिलामा दुबईमा रहदै आएकी दिपाशाकी आमा भोलि सुक्रबार सम्म नेपाल आउने जानकारी दिपाशाको मामा चक्र अविरलले रिपोर्टिंग नेपाललाई जानकारी दिए |  चक्र अविरलले बताए अनुसार मृतकको अन्तिम संस्कार उनकी आमा आएपश्चात काठमाण्डौमा नै गरिने छ |

बिज्ञापन-AI-ADCustom Text

बिज्ञापन

Custom Text

भर्खरै राखिएको