काठमाडौं । देशका विभिन्न स्थानहरुमा सोमबार देखि परिरहेको झरीले देशभरको जनजीवन प्रभावित हुन थालेको छ । विहीबारसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । भोलि विहीबार बेलुकादेखि मौसममा सुधार आउने बताइएको छ ।

पछिल्लो १२ घण्टामा धनकुटामा ३०, चितवनमा १ सय ७, पाल्पामा १ सय ८, गोरखामा ८३, नवलपुरमा ७०, इलाममा ३५, काठमाडौंको कीर्तिपुरमा ६०, लमजुङमा ६०, अर्घाखाँचीमा ३५, दाङमा ४० र कर्णाली चिसापानीमा ३० मिलिमिटर वर्षा भएको छ ।

बाढी सूचना केन्द्रले धनकुटा, गोरखा, लमजुङ, कास्की, तनहुँ र पाल्पा जिल्लाको आसपासका क्षेत्रमा मध्यम देखी भारी बर्षा भएको हुँदा उक्त स्थान भई बहने स-साना खोलामा जलसतह बढ्न सक्ने र आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्क रहन सुचना जारी गरेको छ ।

बिज्ञापन

Custom Text
Custom Text Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here