जाजरकोट । जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गत शुक्रबार गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति र धन सम्पत्तिको  क्षति गरेको छ । भूकम्पका कारण पैतिस हजार परिवार घरबारविहीन बनेका छन् । जाजरकोट र रुकुम पश्चिम सहित१३ जिल्लामा १७ हजार ७ सय ९३ घर पूर्णरूपमा ध्वस्त छन् । १७ हजार ५ सय ५० कच्ची घर चर्किएकाले बस्न नमिल्ने अवस्थामा छन् ।

सबैभन्दा बढी  रुकुम पश्चिम जिल्लामा १६ हजार ५ सय ७० घर पूर्ण रूपमा र ९ हजार ९ सय ६१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन ।  जाजरकोटमा १ हजार १ सय ७० घर पूर्ण रूपमा र ७ हजार १ सय ६६ घर आंशिक रूपमा भत्किएका छन । यो तथ्यांक  गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सोमबार रातिसम्म संकलन गरेको तथ्यांक हो ।


सबैभन्दा बढी मानवीय क्षति  जाजरकोटमा भएको छ । भूकम्पबाट १ सय ५३ जनाको मृत्यु भएकामा

जाजरकोटमा मृत्यु हुनेमा १ सय १ जना छन भने

१ सय ३३ जना घाइते छन । त्यसै गरि  रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने १ सय ९७ जना घाइते छन्।

भूकम्पको धक्काले रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्यूठान र अछाममा पनि कुनै रूपमा प्रभावित गरेको

छ ।

बिज्ञापन

Custom Text
Custom Text Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here