प्रमुख प्रशासकीय अधिकृत माथि गरिएको ब्यवहार प्रति ध्यानाकर्षण भएको भन्दै बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले निकाले प्रेस बिज्ञप्ति

बिज्ञापन-ATCustom Text

५ भाद्र २०८०,बर्दिया – हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन बैद्य किरणले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सदस्य एवं बर्दिया जिल्ला ईन्चार्ज शक्ति लगाएतकोे टिमले भ्रष्टचारी यस जनताको सेवा गर्ने कुर्सिमा बस्ने कुनै अधिकार छैन भन्दै पौडेलको कार्यकक्षबाट बाहिर निकाली नाराबाजी गरेको थियो उक्त घटनाको प्रमुख दोसी बाँसगढी नगरपालिकाको आफ्नै कर्मचारी उद्यम विकाश शाखाकी सहजकर्ता कृष्णा पाण्डेलाई देखाउदै बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लगाएतको कर्मचारीले विज्ञप्तीनै निकालेर कारबाहिको माग गरेको छ । माग पुरा नभए सम्म नगरपालिकामा हुने सम्पूर्ण कार्य ठप्प गरिने भन्दै प्रेस बिज्ञप्ती नै निकाालेको थियो ।
उक्त विज्ञप्ती प्रति आपत्ति जनाउदै नगरप्रमुखले हिजोनै प्रेस विज्ञप्ती निकालेका छन ।
हिजो बाँसगढी नगरपालिकाकामा प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेलमाथी केहि ब्यक्ती द्धारा गरियको अभद्र ब्यवहार प्रति आफ्नो ध्यानाकार्षण भएको जानकारी गराएका छन ।
नगरप्रमुखले जारी गरेको विज्ञप्तीमा लेखियको छ।
ूबाँसगढी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा कामकाज गरिरहेकोका अवस्थामा मिति २०८० साल भाद्र ०४ गते अन्दाजी दिनको २ बजे केही ब्यक्तिहरुले प्रमुख प्रशासकीय अधिकृत माथि विभिन्न आरोप लगाई गरिएको ब्यवहार प्रति गम्भिर ध्यानाकर्षण भएको छ । कार्यालयको कामकाजमा कहिकतै चित्त नबुझेको विषयमा कानुनीरुपमा अगाडि बढ्न र विधिवतरुपमा आफ्ना कुरा राख्न सकिने अवस्था हुँदाहुँदै यस प्रकारको गतिविधि हुनु दुःखद हो । पालिकाको विषयमा फैलिएका अफवाहरुको पछि नलागि समग्र बाँसगढी नगरपालिकाको समृद्धि, सुशासन र विकासको यात्रामा हातेमालो गर्नुहुन समेत आम नगरबासीलाई अनुरोध गर्दछु। बाँसगढी नगरपालिका यस प्रकारका क्रियाकलाप हुन नदिन सचेत रहेकाले उक्त घटनाबाट सम्पूर्ण कर्मचारीहरु कहि कतै विचलित नभई उच्च मनोवलका साथ कामकाजमा लाग्न यसै विज्ञप्ती मार्फत जानकारी गरिएको छ।

बिज्ञापन-AI-ADCustom Text

नगरप्रमुखले जारी गरेको विज्ञप्तीमा यसो लेखियको छ :
बाँसगढी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा कामकाज गरिरहेकोका अवस्थामा मिति २०८० साल भाद्र ०४ गते अन्दाजी दिनको २ बजे केही ब्यक्तिहरुले प्रमुख प्रशासकीय अधिकृत माथि विभिन्न आरोप लगाई गरिएको ब्यवहार प्रति गम्भिर ध्यानाकर्षण भएको छ । कार्यालयको कामकाजमा कहिकतै चित्त नबुझेको विषयमा कानुनीरुपमा अगाडि बढ्न र विधिवतरुपमा आफ्ना कुरा राख्न सकिने अवस्था हुँदाहुँदै यस प्रकारको गतिविधि हुनु दुःखद हो । पालिकाको विषयमा फैलिएका अफवाहरुको पछि नलागि समग्र बाँसगढी नगरपालिकाको समृद्धि, सुशासन र विकासको यात्रामा हातेमालो गर्नुहुन समेत आम नगरबासीलाई अनुरोध गर्दछु। बाँसगढी नगरपालिका यस प्रकारका क्रियाकलाप हुन नदिन सचेत रहेकाले उक्त घटनाबाट सम्पूर्ण कर्मचारीहरु कहि कतै विचलित नभई उच्च मनोवलका साथ कामकाजमा लाग्न यसै विज्ञप्ती मार्फत जानकारी गरिएको छ।

स्रोत : खोज नेपाल न्युज

बिज्ञापन-BACustom Text
Custom Text
Custom Text
Custom Text
Custom Text

Custom Text
Custom Text
Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here