
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बर्दिया जिल्लाको प्रथम जिल्ला भेला बर्दियाको गुलरियामा सम्पन्न भएको छ। भेलाले क. प्रतापको नेतृत्त्वमा २१ सदस्यीय जिल्ला समिति चयन गरेको छ। भेलामा पार्टीको नवौ महाधिवेशन आयोजक समिति सदस्य तथा ६ नं ब्युरो इन्चार्ज कमरेड संगम, पार्टीका नवौ महाधिवेशन आयोजक समिति सदस्य तथा बर्दिया जिल्ला इञ्चार्ज क. शक्ती लगाएतका नेताहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला इञ्चार्ज कमरेड भरतले संचालन गरेका थिए । कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै क.सँगमले राज्य भ्रष्टाचार, घुसखोर, जनविरोध, जनघात, राष्ट्रघातको केन्द्र बनेको र भ्रस्टाचारका कारण समाज राजनैतिक,आर्थिक तथा सांस्कृतिक रूपले तिव्र गतिमा विगठनको दिशामा गईरहेको बताउनु भयो ।
मन्तव्यकै क्रममा बर्दिया जिल्ला इञ्चार्ज कमरेड शक्तिले नेपाली जनताका विरुद्ध गरिएका गतिविधि र जनतालाई थप शोषण, दमन र उत्पीडनमा पार्ने जो कोहिलाई नेकपा (बहुमत)ले सडकमा घिसार्ने र जनकारवाही गर्ने बताएका छन् l राजनैतिक पार्टी, स्थानीय तहका जनप्रतिनिधिको संरक्षणमा भएको दलाली, मिटर व्याजी, लघुवित्त र वित्तीय संस्थाबाट भएका आर्थिक अनियमितता र जनताको सम्पत्ति हडप्ने,निजी तथा सार्वजनिक विद्यालयहरूले महंगो शुल्क असुल्ने हरुका बिरुद्ध कडा जनकारबाही गर्ने चेतावनी दिदै किसानले समयमा नै मल र बीउ नपाउने जस्ता हरेक समस्या समाधानको निम्ति नेकपा (बहुमत)ले एक मुठी सास रहुन्जेल सङ्घर्ष गर्ने बताएका छन् ।

















