पोखरा । आइतबार बिहान पोखरामा गण्डकी प्रदेशका नेता-कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो पटक गण्डकी प्रदेश सरकारको नेतृत्व लिनुपर्छ भन्नेमा स्पष्ट रहेको बताएका छन् ।
माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरूङले यस अघिनै गण्डकीमा माओवादी नेतृत्वमा सरकार बनाउनुपर्ने माग गरेकी थिइन् ।
समीकरणमा रहेका प्रमुख दल र नेताहरुले गण्डकी प्रदेशको नेतृत्व माओवादीले लिँदा राम्रै हुन्छ भन्ने भएको हुनाले अरुको त्यति विमती हुने स्थिति नरहेको र गण्डकीमा माओवादीको नेतृत्वमा सरकार बनाउने विषयमा सत्ता साझेदार दलहरुबीच कुराकानी भइरहेको प्रचण्डले जानकारी दिए ।
तर समीकरणभित्रका दलबाट मात्र सरकार बनाउन आवश्यक संख्या पुर्याउन समस्या रहेकोले प्रधानमन्त्री प्रचण्डले समीकरणभन्दा बाहिरका दलको पनि समर्थन लिने प्रयास भइरहेकोले त्यसका लागि केन्द्रीय स्तरमा र प्रदेश स्तरमा कुराकानीभैरहेको जानकारी गराय ।