बारबर्दिया नगरपालिका वडा नम्मर ८ को भगतपुर बाढीले डुबायो

 रिपोर्टिंग नेपाल-२८ श्रावण २०८०,बर्दिया , गत राती देखि परेको लगातार बर्सातका कारण बारबर्दिया नगरपालिका को विभिन्न स्थान लगायत बारबर्दिया नगरपालिका वडा नम्मर ८ को भगतपुर गाउमा बाढी पस्दा खाद्धान, लत्ताकपडा का साथै स्थानीयले पालेका केहि स्थानीयको पशु पन्छी हरु र घर बाढीले क्षती गरेको  तेहाका  पिडित स्थानीयले जानकारी दियका छन् |  स्थानीय बासिन्दाहरु समयमै तेस स्थान छाडेको हुनाले आफ्नो ज्यान जोगाउन भने सफल भयका छन् |

बाढीका कारण तेस स्थानमा भयको क्षतिको स्थलगत विवरण जयनगर इलाका प्रहरीले लियको स्वयं बाढी ग्रस्त क्षेत्रमा उपस्थीत प्रहरी सहायक निरीक्षक खगेन्द्र के.सी. ले बताउनु भयो  |

बाढीका कारण तेस स्थान डुबानमा परेको हुदा बाढी पिडित स्थानीय हाल उक्त स्थानको सिरानमा रहेको श्री सरस्वती आधारभूत विदद्यालयमा आइ बसेका छन |

समाचार स्रोत : खोज नेपाल न्युज

बिज्ञापन-YM-ADCustom Text

पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईसँग सीआईबीले बयान लिने

 रिपोर्टिंग नेपाल-२५ श्रावण २०८०,काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिने भएको छ । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुले पनि तत्कालिन सरकार समेतको संलग्नता रहेको बयान दिदा पनि बाबुराम भट्टराई र माधव कुमार लाई अनुसन्धानका लागी  कुनै प्रकृया अगाडी बढाईएको थिएन । हाल सर्बोच्च अदालतले उक्त प्रकरणमा निर्णय गराउने निर्णयकर्तालाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको हुँदा सोहि अनुसार  सीआईवीले पूर्वप्रधानमन्त्रीहरु माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई छानबिन गर्ने भएको छ । सर्बोच्च अदालतको निर्णय पश्चात माधव कुमार नेपाल विदेश भ्रमणमा निस्कियका छन । उक्त प्रकरणमा पूर्व मन्त्रीहरु विजयकुमार गच्छदार,चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठ लगायतलाई  पक्राउ पुर्जी जारी भएको छ ।

बिज्ञापन-YM-ADCustom Text

मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

 रिपोर्टिंग नेपाल-२३ श्रावण २०८०,भरतपुर

कालिखोलालगायतका स्थानमा पहिरो जाँदा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।

बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेकोले पुन: पहिरो नआए तीन/चार घण्टामा सवारी चलाउन सकिने सडक डिभिजन कार्यालय भरतपुरले बताएको छ । 

बिज्ञापन-YM-ADCustom Text

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अवरुद्ध

 रिपोर्टिंग नेपाल-२३ श्रावण २०८०, बुटवल

पाल्पाको तिनाउ गाउँपालिका वडा नम्मर ३ रामापिथेकस पार्क क्षेत्रमा माथिबाट ठूलो पहिरो खसेपछि मंगलबार बिहानैदेखि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अवरुद्ध भएको छ |

पहिरो झरेपछि पाल्पा हुँदै बुटवलतर्फ आउने र बुटवलबाट पाल्पा हुँदै विभिन्न जिल्ला जाने सवारी साधनहरु बीचमै रोकिएको छ ।

  सिद्धबाबा सुरुङमार्गको निर्माणाधीन उत्तरतर्फको प्रवेश विन्दु पहिरो झरेको उक्त स्थानमा  सिद्धबाबा सुरुङमार्ग निर्माण कम्पनि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले रिप पोर्टल निर्माण गरिरहेको छ । साउनको पहिलो हप्ता देखि पटक-पटक त्यस स्थानमा पहिरो खस्दा सुरुङमार्गको स्लोप प्रोटेक्सन (रिप पोर्टल) मा क्षति पुर्‍याएको छ ।

पहिरोसँगै ठूलाठूला ढुंगाहरू सडकमा झरेकाले अवरुद्ध सडक खुलाउन केही समय लाग्न सक्ने छ  ।

बिज्ञापन-YM-ADCustom Text

डेङ्गु रोग लागेको घरमै कसरी थाहा पाउने ? बच्न के गर्ने ?

 रिपोर्टिंग नेपाल-२२ श्रावण २०८०

यो डेङ्गु रोग एडिस जातको सन्क्रमित पोथो लाम्खुट्टे टोकेपछि एक ब्यक्ति बाट अर्को ब्यक्तिमा सर्दछ । एडिस जातको पोथि लाम्खुट्टे ले प्राय दिउँसो टोक्ने गर्दछ । यो रोग लाग्ने सम्भावना कार्तिक मङ्सिर सम्म हुने गर्दछ हाल न्र्पालमा यो रोग व्यापक रुपमै फैलिएको अवस्था छ । यो एक प्रकारको भाइरस द्वारा हुने रोग हो ।यस रोगको लक्षण सन्क्रमित लामखुट्टे ले टोकेको ४ देखि ७ दिन पछि देखिन सुरु हुन्छ ?

केके हुन्छ डेङु रोग लागेमा ?
– अक्स्ताम उच्च जोरो आउँछ ।
– अत्याधिक टाउको दुख्छ ।
– आखाको गेडि वोरि परि दुख्छ ।
-जोर्नी तथा माम्स्पेशी दुख्छ ।
-थकान महसुस हुन्छ ।
-वाक वाकी लाग्ने बान्ता हुने हुन्छ ।
-ज्वोरो आयको २ देखि ५ दिन पछि छालामा बिबिरा देखिन्छ ।
-रगत बग्छ ( नाक बाट , गिजा बाट – हल्का ब्रस गर्दा पनि ) ।

माथिका कुनै पनि लक्षण हरु देखियमा नजिकको स्वस्थ चौकी वा अस्पतालमा गयर जाँच गराउनु पर्दछ ।

यो रोग बाट बच्न के-के गर्ने ?
घर वरिपरि को खाल्डा खुल्टी मा पानी जम्न नदिने ।
घर वरिपरी सफा राख्ने
लाम्बाउले कपडा लगाउने , जस्ले गर्दा लामखुट्टेले टोक्न नपाओस ।
लाम्खुट्टे मार्ने किटनासक बिषादी बेला बेला मा छर्कने ।
रोग लागेको शन्का लाग्ना साथ तुरुन्त जाँच गराइ औषधी उपचार गर्ने ।

बिज्ञापन-YM-ADCustom Text

डोलि चढी सार्बजनिक

२२ श्रावण २०८०

माया प्रेममा धोका कसले कसरी दिन्छ भन्ने बारे समसामयिक बिसयमा तयार पारियको तिमि गयौ डोलि चढी भन्ने म्युजिक भिडियो उच्च गुणस्तरमा तयार पारी याल्ड मुन ग्रुप प्रा .लि. को आधिकारिक युट्युब च्यानल Yald Moon बाट सार्बजनिक गरियको छ ।
आकर्षक कलर सन्योजन गरि तयार पारियको उक्त म्युजिक भिडियो मा सृष्टि परियार र मिलन बिक को मुख्य भुमिका रहेको छ भने क्यामेरामेन भुपेन्द्र मल्ल , निर्देशन बिबश चौधरी , निर्माता लक्ष्मी पुन र सम्पादन तथा कलर सन्योजन याल्ड मुन ग्रुप प्रा.लि.का सन्चालक यशु केसि को रहेको छ ।
सो तिमी गयौ डोलि चढी भन्ने गीतको सब्द मानस केसि को सङीत हिमाल सागर को र सङीत संयोजन सन्जय हमालको हो भने स्वोर विभिन्न थारु तथा नेपाली आधुनिक गीत गाइसकेका चर्चित गायक देब कुमार चौधरीको रहेको छ ।

त्यस्तै उक्त एउटा फूल नामक गितको रचना तथा संगित पुर्ण चौधरीको, म्युजिक एरेन्ज पुरुषोत्तम सुबेदिको रहेको र स्वर शिवराज घर्तीको रहेको याल्ड मून ग्रुपका प्रबन्ध निर्देशक यशु के सीले बताउनुभयो ।

बिज्ञापन-YM-ADCustom Text

सिको बचत ले गर्यो बर्दियामा सार्वजनिक स्थल सरसफाई

बर्दिया-२२ श्रावण २०८०
हिजो माघ २८ गते बर्दियाको ठाकुरबाबा नगरपालिका वार्ड न. १ भुरिगाउमा केन्द्रीय कार्यालय रहेको सिको साकोस बचत तथा ऋण सहकारी सस्था अन्तर्गत महिला सशक्तीकरण उपसमितिको आयोजनामा सिको महिला जीबिकोपार्जन क्लबको सक्रियतामा सिको साकोसका आठ वटा सेवाकेन्द्र मध्ये ६ वटा सेवाकेन्द्र स्तरमा सार्बजनिक स्थल सरसफाइ तथा बातावरणिय सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वार्ड न.१ मा स्थापना गरि ठाकुरबाबा नगरपालिका, मधुबन नगरपालिका, राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका र गेरुवा गाउपालिका मुख्य कार्यलय बनाइ सक्रिय रुपमा कार्यरत सिको बचत तथा ऋण सहकारी सस्था १०० औ अन्तरास्ट्रिय सहकारी दिबसको अबसरमा लुम्बिनी प्रदेशको उत्कृष्ट सहकारी ब्याबसाय पुरस्कार बाट सम्मानित सिको साकोस केन्द्रिय कार्यलय भुरिगाउ, कोसेली सेवाकेन्द्र, मौसम सेवाकेन्द्र , ठाकुरद्वारा सेवाकेन्द्र , बालकुमारी सेवाकेन्द्र र डल्फिन सेवाकेन्द्रमा लगभग ३०० को उत्साह पुर्ण सहभागी भइ सार्बजनिक स्थल सरफाइ गरिएको छ।
केन्द्रिय कार्यलय भुरिगाउको सरसफाइ कार्यक्रम पश्चात् सिको साकोस बर्दियाका अध्यक्ष श्री दामोदर अधिकारी ज्युले सहभागी सम्पूर्ण संचालक समिति, लेखा समिति, उपसमिति, क्लबका पदाधिकारी तथा ब्यबस्थापनमा सहयोगी सम्पूर्णमा हार्दिक धन्यवाद दिएका थिए।

बिज्ञापन-YM-ADCustom Text

आर सी थारु नगर अस्पतालमा प्रसुती सेवा लिनजाँदा कर्मचारीले दिन्छन अनावश्यक दुख

बर्दिया। रिपोर्टिंग नेपाल-२२ श्रावण २०८०
बर्दियाको बारबर्दिया नगरपालिकामा रहेको आर सी थारु मेमोरियल नगर अस्पतालमा दिइने विभिन्न स्वास्थ्य सेवा मध्ये प्रसुती सेवामा कामगर्ने कर्मचारी हरुले सेवाग्राहीलाई अनावश्यक दुख दिने गरेको सेवा ग्राहिले गुनासो गरेका छन।

उक्त आर सी थारु मेमोरियल नगर अस्पतालमा प्रसुती सम्बन्धि सेवालिन आएका बिरामिको कुरुवाको धेरै गुनासो पछि खोज नेपाल न्युजको सम्पादक आफै गएर बुझ्दा कुरुवाले भने अनुसार नै जति पटक गर्भवती जाँच गराउन गयो तेति नै पटक ओ पि डि अन्तर्गत को बिरामी पुर्जा नकाटेसम्म गर्भवती लाई अत्यावश्यक जाँच देखि औषधि सम्म नदिने गरेको पाइयो। भने यस न्युज च्यानलका सम्पादकले पटक पटक गर्भवती जाँच पुर्जामा लेख्दिनु भन्दा समेत नमानेको र सो करारका कर्मचारी हरुको यस्तो अटेरी हर्कत देख्दा छमता भन्दा पनि पावर र पहुचका भरमा करारमा जागिर खाएका हुनकी भन्ने समेत यस न्युज च्यानल लगाएत सेवाग्राहीले आँकलन गरेकाछन।

बिज्ञापन-YM-ADCustom Text

मन्त्रालयको दलाली प्रवृत्ति र निरीह जनता! के यसैका लागी हो गणतन्त्र ल्याएको?

अशोक के.सी.-२२ श्रावण २०८०

हाल कोरोनाले विश्व थलिएको बेलामा नेपाल पनि अछुतो रहन सकेन। यता बिगत ४,५ महिना देखि कहिले लकडाउन त कहिले निषेधाज्ञाको मारमा छन नेपाली जनता र भोकभोकै मर्ने अबस्था आएको छ भने उता सरकार राहतको प्याकेज ल्याएर जनता लाई रोग, भोक र शोक बाट बचाउनु पर्नेमा कमिसन र घुसमा तल्लिन छ।कहिले औषधि खरिदको नाममा भ्रष्टाचार गर्न गराउन तल्लीन रहेको समाचार सुन्नमा आउँछ भने कहिले राहत बितरणमा। कति सहि कति गलत त्यो त छानबिन समिति र अख्तियार अनुसन्धान आयोगले बताउला तर जे होस नैतिकता गुमाएर फेरि सरकार अन्तर्गतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रावण २८ गते एउटा सुचना जारी गरेको देखे। जस्मा भनिएको छ- “कोभिड-१९को संक्रमण बढ्दै गएको पछिल्लो अबस्थामा विभिन्न सपिङ्ग मल, रेष्टुरेन्ट, होटेल आदि उद्योग व्यावसायमा संलग्न हुने ब्यक्तिहरु धेरैको सम्पर्कमा आउने र जोखिम हुने अवस्था छ।त्यसैले यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीहरुको सम्बन्धित उद्योग व्यवासायिले आफ्नै खर्चमा अनिवार्य PCR परिक्षण गर्नु गराउनुहुन अनुरोध गरिन्छ।” हाम्रो देशमा निजिक्षेत्रका कर्मचारीले सरकारले तोकेको न्युनतम तलब सुबिधा नपाइरहेको अबस्थामा के आफ्ना कर्मचारीको आफ्नै लगानी गरेर PCR परिक्षण गर्देलान त? एउटा गम्भीर प्रश्न खडा भएको छ भने व्यवसायीले पनि सरकारलाई कर तिरेकाछन त्यो करको के यस्तो बिपदको अबस्थामा सबै जनताको निशुल्क PCR परिक्षण गरेर सदुपयोग गर्न मिल्दैन? कि जनताले तिरेको कर संसद, मन्त्रीहरुका लागि तलब भत्ता, काठमाडौंमा घर गाडी किन्नका लागि मात्र हो? प्रत्येक नेपाली जनताको अगाडी यी र यस्तै प्रस्न उब्जाएको छ।

अन्य देशका सरकारले यो कोरोनाको महामारीको अवस्थामा जनतालाई विभिन्न राहतका कार्यक्रमहरु ल्याएका छन। हाम्रो देश नेपालमा भने यहि विषम परिस्थितिका बेला विभिन्न कर्मचारी, मन्त्री, नेताहरू भ्रष्टाचारको आरोप लागेको मात्र सुनिन्छ। के हामी नेपाली जनता निरीह नै हौं? पानी मरुवा नै हौं? हामी बिरगोर्खालि बलभद्र कुवर, भिमशेन थापाका सन्तान होइनौं? अनि हामी सबै नेता का झोले र हनुमान मात्र हौं? के हामिमा सहि र गलत छुट्याउन सक्ने छमता छैन? छ भने ल एक पटक छतिमाथी हात राखौं, सोचौं र भनौं त के स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रावण २८ गते जारी गरेको जनताले आफ्नै लगानीमा PCR परिक्षण गर्नुपर्ने भन्ने यो सुचना ठिक छ? जनताको हितमा छ?

यस्तो महामारीको अबस्थामा सरकारले राहत बाड्नुपर्ने र जनता भोक भोकै मर्ने अवस्था आउन नदिनु पर्नेमा सरकार कर उठाउनमा ब्यस्त छ। व्यङ्क ब्याज उठाउनमा ब्यस्त छ। सबै जनताको निशुल्क सरकारले स्वास्थ्य परिक्षण गरि जनता र देशलाई कोरोनाको डर र चिन्ता बाट मुक्त गर्नुपर्नेमा जनता आफैले परिक्षण गर्नुपर्ने भनेर सूचना निकाल्छ। के यसैकालागी हो गणतन्त्र ल्याएको………?

बिज्ञापन-YM-ADCustom Text

नेपालगन्जको स्टेसन थ्री डी रेस्टुरेन्ट बन्द

बाँके।  रिपोर्टिंग नेपाल-२२ श्रावण २०८०
बिगत समय देखि पोखरामा संचालित स्टेसन होटलको बुटवल पछि नेपालगन्जमा २०७८ साल मंशिर ९ गते नेपाली कला क्षेत्रकि चर्चित पश्चिमेली चेली ज्योति मगर लगाएत अन्य कलाकारको समेत उपस्थिति भब्यरुपम उद्द्घाटन भयको नेपालगन्जको स्टेसन थ्री डी रेस्टुरेन्ट बन्द भयको छ |

बाँकेको नेपालगन्ज धम्बोजी चोक बाट सेतु बि क चोक जाने बाटो को बागेश्वरी हल रोडमा रहेको स्टेसनमा जाने ग्राहक ले थ्री डि तस्बिर, रिक्सा स्टेसन तथा काउण्टरमा रहेको बस स्टेसनको मनोरन्जनात्मक दृश्य सहित उचित मुल्यमा स्वादिस्ट परीकार खान पाउने सुबिधा थियो | स्टेसन थ्री डी रेस्टुरेन्ट नेपालगन्जका संचालक तथा लगानिकर्ता युवा ब्यबसायी तथा कलाकार स्यारोन रेग्मि , युद्ध वली लगायतको टिम थियो |

बिज्ञापन-YM-ADCustom Text

बिज्ञापन

Custom Text

भर्खरै राखिएको