भूमिहीन समस्याको समाधानतर्फ कदम: आशा जगाउँदै वडा नं. २
वडाध्यक्ष हुनु केवल पद होइन — जिम्मेवारी हो। यही सन्देश दिइरहेका छन् वडा नं. २ का वडाध्यक्ष श्री हरी कठायत। जनताको समस्या आफ्नै समस्या हो भन्ने भावनाले प्रेरित वडाध्यक्ष कठायत आजकल भूमिहीन समस्याको समाधानमा रातदिन नभनि खटिएकाछन ।
प्रेमनगरका सुरेश परिवारले हालै वडाध्यक्षसँग भेट गर्दै भूमिहीन समस्या, प्रक्रिया र सम्भावनाका बारेमा केही जिज्ञासाहरू राखे। वडाध्यक्ष कठायतले सम्पूर्ण प्रक्रिया पारदर्शी, तथ्यमा आधारित र कानुनीरूपमा अगाडि बढिरहेको स्पष्ट पारे।
प्रेमनगरका सुरेश परिवारले हालै वडाध्यक्षसँग भेट गर्दै भूमिहीन समस्या, प्रक्रिया र सम्भावनाका बारेमा केही जिज्ञासाहरू राखे। वडाध्यक्ष कठायतले सम्पूर्ण प्रक्रिया पारदर्शी, तथ्यमा आधारित र कानुनीरूपमा अगाडि बढिरहेको स्पष्ट पारे।

“१३१ जनाको प्रक्रिया अघि बढिसकेको छ” — कठायत
वडाध्यक्षले जानकारी गराए अनुसार, वडा कार्यालयले भूमिहीन तथा बसोबासका लागि १४६ जनाको नाम मालपोत कार्यालय बाँकेमा पठाएको थियो। सोही कार्यालयबाट प्राप्त पत्रअनुसार, १५ जनाको नाममा अन्यत्र जग्गा देखिएकोले, बाँकी १३१ जनाको प्रक्रिया अघि बढाइएको हो।
“हामीले सिफारिस मात्र हैन, हरेक नागरिकले न्याय पाउने वातावरण बनाउन निरन्तर पहल गरिरहेका छौँ,” — वडाध्यक्ष हरी कठायत।
१५ जनालाई फारम भर्न आह्वान
जसको नाममा अन्यत्र जग्गा देखिएको छ, उनीहरूलाई अब्यवस्थित बसोबास फारम भर्न वडाले सूचना निकालेको थियो। तर केही सम्पर्कमा नआएकोले, वडाध्यक्षले सबैलाई पुनः वडामा सम्पर्क गर्न आग्रह गरेका छन्।

“सूचना मात्र होइन, हामी प्रत्यक्ष सम्पर्कका लागि टोली खटाउने सोचमा छौँ, ताकि कोही पनि अधिकारबाट बञ्चित नहोस्,” — कठायत
लालपुर्जा प्राप्तिको प्रक्रिया सजिलो बनाइँदै
वडाले आवश्यक कागजातको सूची पनि सार्वजनिक गरेको छ:
- निस्सा प्रमाणको प्रतिलिपि
- कर तिरेको प्रमाण
- श्रीमान–श्रीमतीको नागरिकता र फोटो
- बसाइँ सराई प्रमाणपत्र (यदि नागरिकता अन्य जिल्लाबाट भएको हो भने)
“जनताको सेवा गर्न पाएको यो अवसरलाई म धर्म मान्दछु। जबसम्म एक जना पनि भूमिहीनको समस्या समाधान हुँदैन, म बिसाउँदिन,” — वडाध्यक्ष कठायतको प्रतिबद्धता।
स्थानीयले महसुस गरेका छन् परिवर्तन
प्रेमनगर लगायत वडा नं. २ का बासिन्दाहरू वडाध्यक्ष कठायतप्रति आशावादी देखिन्छन्। जनमुखी शैली, नियमित संवाद र व्यावहारिक पहलले उनलाई एक कर्मठ र प्रतिबद्ध जनप्रतिनिधिको रूपमा चिनाएको छ ।
“जनताको साथ नै मेरो शक्ति हो”
वडाध्यक्ष कठायतले अन्त्यमा भने,
“म पदको लागि होइन, परिवर्तनका लागि यहाँ छु। जनताको साथ, सहयोग र विश्वास नै मेरो सबैभन्दा ठूलो पूँजी हो।”
बिज्ञापन-AI-AD