०८ असार २०८२, रिपोर्टिंग नेपाल ,बर्दिया —खेतमा पसिना झार्ने ती हातहरू, कहिले जोत्न ट्रयाक्टर पाउने कि नपाउने भनेर आकाश ताक्थे। ऋण काढेर, सापटी खोजेर, कहिले गहना समेत राखेर ट्रयाक्टर भाडाको जोहो गर्थे किसानहरु आज केहि हद सम्म त्यो घाउको पिडामा मलम लगाउने काम भएको छ भाबि दिन हरुमा पूर्ण रुपमा किसानको पिडा निको हुनेछ ।
बारबर्दिया नगरपालिकाले कृषिमा यान्त्रिककरणको ऐतिहासिक सुरुवात गर्दै, किसानको जीवनशैलीलाई आधुनिक, व्यावसायिक र उत्पादक बनाउने दिशामा ठोस कदम चालेको छ। ५० प्रतिशत अनुदानमा पावर ट्रीलर, मिनी ट्रीलर र पानि तान्ने मोटर वितरण गर्ने यो कार्यक्रम नगर प्रमुख छबिला थारुको नेतृत्वमा सञ्चालित भएको र कृषकको सशक्तीकरण तर्फको निर्णायक पाइला बनेको छ।
|
“हामीले वाचा गरेका थियौं — |
जनताको शासन, किसानको साथ : कार्यक्रमका मुख्य विशेषता
नगरपालिका आर्थिक विकास समितिका संयोजक तथा वडा नं. २ का वडाध्यक्ष राम फेरन थारुको सभाध्यक्षतामा नगर प्रमुख छबिलाल थारुको प्रमुख आतिथ्य , विशिष्ट अतिथि रत्ना कुमारी पाण्डे, विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत टिका नाथ गोसाई, साथै वडाध्यक्षहरू, समितिका संयोजक, समाजसेवी, पत्रकार, सरोकारवाला लगायतको उपस्थिति रहेको कार्यक्रममा पारदर्शिता, सहभागिता र परिणाममुखी वितरण पद्धति अपनाइएको देखियो।
कृषि शाखा प्रमुख झलक खड्काले कार्यक्रमको उद्देश्य प्रस्तुत गर्दै भन्नुभयो:
“हामी कृषकको लागत घटाउने, उत्पादन बढाउने, चक्लाबन्दी प्रवर्द्धन गर्ने र कृषकलाई आर्थिक रूपमा सशक्त बनाउने दिशामा अगाडि बढिरहेका छौं।”
उपकरण वितरण : प्रतिस्पर्धी प्रणालीबाट गुणस्तरीय यन्त्र
- कुल लागत अनुमान: २ करोड ४४ लाख रुपैयाँ
- प्रतिस्पर्धी ठेक्काबाट: १ करोड ९३ लाख ४४ हजार रुपैयाँमा सम्झौता
- वितरण यन्त्रहरू:
- ८७ वटा पावर ट्रीलर (प्रति थान खरिद मूल्य १,४५,९००)
- १०० वटा मिनी ट्रीलर (प्रति थान खरिद मूल्य ६३,९००)
- ३९ वटा पानि तान्ने मोटर
“ सम्पूर्ण प्रक्रिया नेशनल इ–बिडिङ प्रणालीबाट पारदर्शी रूपमा सम्पन्न गरिएको हो ” प्रमुख प्रशासकीय अधिकृत टिका नाथ गोसाईले स्पष्ट पार्नुभयो
नगर उपप्रमुखको धारणा : “अब खेत बाझो राख्नुपर्ने छैन”
नगर उपप्रमुख रत्ना कुमारी पाण्डेले विगतमा समयमै यन्त्र नपाएर खेत बाझो राख्नुपरेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भन्नुभयो : “अब किसानले समयमै यन्त्र पाउँछन्। विदेश जानुपर्ने बाध्यता घट्नेछ, स्थानीय रोजगारी र उत्पादन बढ्नेछ।”
“जनताले दिएको जिम्मेवारी सजिलो थिएन…” : नगर प्रमुख
नगर प्रमुख थारुले भन्नुभयो: “हामीलाई नगर सरकारको जिम्मेवारी जनताले दिएका हुन्। त्यो समय चुनावको दौड थियो, म गाउँ गाउँ डुल्थेँ। मैले किसानको खेतमा त्यो माटो समाएँ, त्यो पिँढीमा बसेर किसान दाजुभाइको आँखाको पीडा पढेँ।”
उहाँले किसानको विगत सम्झाउँदै भन्नुभयो :
“एकजना किसानसँग म बसेको थिएँ। किसानले भन्नुभयो — ‘वकिलसाब, खेत जोत्न ट्रयाक्टर पाउँदैनौं, पैसा छैन, ऋणमा जोत्नुपर्छ, तर त्यसै खेतको कमाइले खान पाइँदैन।’ त्यो दिन मेरो आत्मा रोएको थियो।”
“त्यो दिन मलाई महसुस भयो, किसानको पसिना सस्तो हुनुहुदैन किनकि किसान राष्ट्रको गौरव हो। उसलाई सम्मान चाहिन्छ। अनि त्यो सम्मान यन्त्रले दिलाउन सकिन्छ।”
“त्यतिबेला मैले एउटा वाचा गरेँ — अब यो बारबर्दिया नगरमा खेती समयमै हुनेछ। कसैले अरुको ट्रयाक्टर कुरेर रात बिताउनु पर्नेछैन।
“आज म भन्न सक्छु, त्यो वाचा मैले केहि पुरा गरे र बाकि पुरा गर्दै जानेछु । म किसानको पक्षमा यहाँ उभिएको छु।”
नगर प्रमुखले स्पष्ट पार्नुभयो , अब किसानले खेत जोत्न अरूको ट्रयाक्टरको कुरो गर्नुपर्ने छैन। आफ्नै पालिकाबाट पाएको यन्त्र प्रयोग गरेर समयमै खेती गर्न सक्नेछन्।
“हाम्रो घोषणापत्रमा भनेका थियौं — किसानसँग आफ्नै कृषि यन्त्र हुनु पर्छ।
आज त्यो वाचा कार्यान्वयनको चरणमा आएको छ। हामी भाषण होइन, परिणाम देखाइरहेका छौं।”

समावेशी वितरण, पारदर्शी छनोट प्रक्रिया
उहाँले जोड दिँदै भन्नुभयो:
“वडा नं. १ देखि ११ सम्मका किसानहरूलाई न्यूनतम मापदण्ड पुरा गरेर निवेदनको आधारमा छनोट गरिएको हो। यन्त्र वितरणमा कुनै भेदभाव गरिएको छैन। यो सबै किसानको योजना हो, न त पार्टीको, न त क्षेत्रको।”
उहाँले किसानहरूप्रति आग्रह गर्दै भन्नुभयो : “जसले यन्त्र पाउनुभएको छ, उहाँहरूले आफ्नो खेत जोतेपछी अरू किसानलाई पनि न्युनतम शुल्कमा सघाउनुहोस्। सहकार्यको भावना नबढे हामी समृद्धिको बाटोमा जान सक्दैनौं।”
सभाध्यक्षको भनाइ : “कृषकको आवाज कार्यान्वयनमा परिणत”
सभा अध्यक्ष राम फेरन थारुले किसानहरूको चासो–उपचासोप्रति पालिकाले तत्काल प्रतिक्रिया दिएको उल्लेख गर्दै भन्नुभयो : “खेती गर्नुपर्ने समय आइसक्यो भन्ने आवाज धेरै थियो। आज हामी त्यो प्रश्नको जवाफ यन्त्र वितरण गरेर दिइरहेका छौं।”
कृषकहरूको आशा : “अब हामी निर्भर होइन, सक्षम छौं”
कृषकहरूले कार्यक्रमप्रति कृतज्ञता जनाउँदै जनप्रतिनिधिले व्यावहारिक काम गरेको महसुस भएको बताए।
“पहिले खेत जोत्न ऋण गर्नुपर्थ्यो, अब आफ्नै पालिकाले सहयोग गरेको छ।
अब म समयमै जोत्न सक्छु, अब मिहेनत कम हुन्छ, आम्दानी बढी,” एक कृषकले भने।

घोषणाबाट कार्यान्वयनसम्म, मेयरको सक्रिय नेतृत्व
बारबर्दिया नगरपालिकाले कृषिमा यान्त्रिकरणको अभूतपूर्व योजना कार्यान्वयन गरेर किसानलाई समय, श्रम र आर्थिक अभावको बोझबाट राहत दिएको छ। नगर प्रमुख छबिला थारुको दृढ नेतृत्वमा सञ्चालित यो योजना नैतिक–प्रशासनिक पारदर्शिताको नमूना बन्न पुगेको छ। बारबर्दिया नगर पालिका एक — कृषि यान्त्रीकरणको नेतृत्व गर्ने उदाहरण हो। यहाँ योजना केवल सुनिने मात्र होइन , देखिन्छ पनि।








प्रमुख मागहरू:













