घटना-प्रकोप

सामाजिक, प्रशासनिक वा व्यक्तिगत रूपमा घटेका अप्रिय घटना, दुर्घटना, अपराध, हिंसा, आपतकालीन अवस्था, वा अन्य संकटजनक परिस्थितिहरू यस श्रेणीमा पर्दछन्।
यस अन्तर्गत प्रहरी कारबाही, बन्दूक काण्ड, आगलागी, बाढी, दुर्घटना, प्रकोपहरू र अपराधसम्बन्धी समाचारहरू समेटिन्छन्।

कर्णाली पुलमा आगलागी

२९ फाल्गुन २०८०, बर्दिया

बिज्ञापन-AI-ADCustom Text

अपूरणीय क्षति : बाँसगढीका कुशल व्यवसायी तथा लोकप्रिय नेता विपिन पौडेल अब हामीबीच रहेनन्

१५  श्रावण  २०८२, रिपोर्टिंग  नेपाल ,बर्दिया   —  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दिया जिल्ला सभापति तथा सफल व्यवसायी विपिन पौडेलको सिंगापुरमा निधन भएको छ।

पार्टीका अनुसार पौडेल व्यक्तिगत भ्रमणको क्रममा सिंगापुर गएका थिए। त्यही क्रममा बिरामी परेका उनले होटलमै ज्यान गुमाएका हुन्।

रास्वपा लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठकले जानकारी दिँदै भने, “उहाँ साउन १ गते सिंगापुर जानुभएको थियो। आज साउन १५ गते फर्कने टिकट थियो। दुर्भाग्यवश उतै बिरामी भइ १३ गते होटलमै निधन भएको खबर प्राप्त भएको छ।”

४६ वर्षीय पौडेल बर्दियाको बाँसगढीमा स्थापित एक व्यवसायी तथा समाजसेवी थिए। उनी रास्वपामा प्रदेश सदस्य, जिल्ला संयोजक हुँदै जिल्ला सभापतिको जिम्मेवारीमा रहेर सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।

पार्टीका नेताहरूले पौडेलको निधनलाई अपूरणीय क्षति भनेका छन्।
शव नेपाल ल्याउन आवश्यक कागजी प्रक्रिया तथा कानुनी औपचारिकता पूरा गरिनु पर्ने भएकाले केही समय लाग्ने जानकारी प्राप्त भएको छ।

ReportingNepal.com परिवार स्व. पौडेलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछ।

बिज्ञापन-AI-ADCustom Text

नेपालगञ्ज शिक्षण अस्पतालमा सेवा होइन, पहुँचकै शासन ! अस्पतालमाथि गम्भीर आरोप

१६  श्रावण  २०८२, रिपोर्टिंग  नेपाल ,बाँके —

नेपालगञ्जस्थित एक निजी शिक्षण अस्पतालमा गएका बिरामीका आफन्तले उपचारको नाममा “अनावश्यक खर्च”, “सेवामा लापरबाही” र “नागरिकसँग विभेद” गरिएको गम्भीर आरोप लगाएका छन्।

नेपालगञ्ज–१३, बाँकेमा रहेको सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेज द्वारा सञ्चालित नेपालगञ्ज शिक्षण अस्पताल मा गएका बिरामीका आफन्तले ‘निःशुल्क भनिएको आमा सुरक्षा कार्यक्रम’को नाममा महँगो प्याकेज थोपारिएको, डाक्टर नदेखिने, र सेवा विभेद गरिएको गम्भीर आरोप सार्वजनिक गरेका छन्।

बर्दिया जिल्ला अस्पतालले श्रावण ११ गते अत्यावश्यक सर्जरीका लागि गर्भवती महिलालाई नेपालगञ्ज शिक्षण अस्पतालमा रिफर गरेको थियो। बर्दिया जिल्ला अस्पतालको  आकस्मिक रिफर सिफारिस सहित श्रावण ११ गते गर्भवतीलाई नेपालगञ्जको उक्त शिक्षण अस्पतालमा भर्ना गरियो। तर बिरामी पक्षका अनुसार, अस्पताल पुगेको झण्डै १० घण्टासम्म सम्बन्धित विशेषज्ञ चिकित्सकलाई देख्न सकिएन।

“डाक्टरको अनुहार देख्न त पाइएन, तर ठाउँ ठाउँमा आमा सुरक्षा कार्यक्रम भनेर सजिएका ठूला ब्यानर मात्र देखियो,” बिरामीका आफन्त  कृष्ण शाहीले सामाजिक सञ्जालमा लेखेका छन्।

शाहीका अनुसार, अप्रेसनका लागि ‘सरकारी सुविधा’ भनिए पनि अन्ततः ५३ देखि ६० हजारसम्मको ‘सर्जरी प्याकेज’ प्रस्ताव गरियो। पहिल्यै बुक गरिसकेको क्याबिन समेत पहुँचवाला व्यक्तिलाई दिइएको र आफूहरूलाई स्ट्यान्डर्ड स्टाप क्यबिन भनेर पुरानो हलको फोहोर  ढुसि गनाउने कोठा अनि बिरामीका लागि सिढी विनाको अग्लो फोल्डिङ्ग सिष्टमनै बिग्रेको सुत्नै गाह्रो सन्तुलनमै नआउने थोत्रो बेड भएको फोहोर कोठा दिइएको थियो l  “त्यो कोठा उपचारको लागि होइन, सजायको लागि जस्तो थियो,” भन्ने  गुनासो पनि उनले गरेका छन्।

अस्पतालको प्रवेशद्वारदेखि भित्तासम्म ‘निःशुल्क आमा सुरक्षा कार्यक्रम’ लेखिएको ब्यानर टाँसिएको भए पनि पनि वास्तविकता भने ५३ हजारदेखि ६० हजार रुपैयाँसम्मका ‘सर्जरी प्याकेज’ थोपारिन्थ्यो। अप्रेसन गरेकै दिन सामान्य सिरिन्ज, क्यानुला आइ भि सेट, औषधी सामग्रीहरु , अब यो प्याकेज भित्र पर्दैन भन्दै क्यानुला, सलाइनजस्ता सामान्य उपकरण छुट्टै किन्न लगाइ उपचार खर्च अझै  महँगो बनाई ५०/६० हजारको प्याकेज लाखौंमा परिणत गर्ने गरिएको पोस्टमा लेखेका छन्  l

भुक्तभोगीका अनुसार, यस समस्या बारे  गुनासो अस्पताल प्रशासनसँग गरिएको थियो। प्रशासन अधिकृत कुमार अधिकारीले कोठा परिवर्तन गर्ने वाचा गरेका थिए तर त्यो पनि पूरा नभएको गुनासो छ । शाहीले थप लेखेका छन्, “यदि त्यो कोठा परिवर्तन मात्रै गरिदिएको भए पनि यो पीडादायी अनुभवलाई सार्वजनिक गर्ने थिएन।”

यस घटनाले नेपालको निजी स्वास्थ्य संस्थामा उपचार सेवासम्बन्धी पहुँच, समानता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ।  यस घटनाले स्पष्ट देखाएको छ कि  निजी अस्पतालहरूमा सेवा होइन, ‘पैकेजको व्यापार’ हाबी हुँदैछ।
‘निःशुल्क सेवा’को नाममा विज्ञापन गरिए पनि व्यवहारमा जनतालाई ठगिने, पहुँच नहुनेहरूलाई विभेद गरिने, र आपतकालीन अवस्थामा समेत डाक्टर अनुपस्थित हुने प्रवृत्तिले स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ।

पछिल्ला वर्षहरूमा नागरिकको ‘सार्वजनिक स्वास्थ्य प्रणाली’ माथि विश्वास घट्दै गएको बेला निजी अस्पतालहरूलाई विकल्पको रूपमा हेरिँदै आएको छ। तर त्यही निजी संस्थाहरूमा पनि पैसा नभएकालाई दोस्रो दर्जाको व्यवहार गरिनु दुःखद पक्ष हो।

बिज्ञापन-AI-ADCustom Text

बिज्ञापन

Custom Text

भर्खरै राखिएको